मधुवनमा भेटिएको प्रेसर कुकर बम सेनाद्वारा निस्कृय
प्रेम बुढा/ताराताल ।
मधुवन नगरपालिकाको वडा नम्बर ६ स्थित एक ग्रेडर मेसिनमा फेला परेको शंकास्पद प्रेसर कुकर बम सेनाले निस्क्रिय पारेको छ ।
विहान ६ बजे फेला परेको उक्त शंकास्पद वस्तु सेनाले निस्क्रिय तुल्याएको हो । गुलरीयाबाट आएको नेपाली सेनाको डिस्पोजल टोलीले उक्त प्रेसर कुकरलाई भेटिएको ५ घण्टापछि करिब ५ सय मिटर पर जंगलमा लगेर निस्क्रिय बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्: