वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

ख्रिष्ट्रिय प्राथना संगतीको आयोजनामा वृहत शान्ती महोत्सव शुरु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०७४ ।    

भिमा कँडेल/भुरिगाउँ ।
बर्दियाको ठाकुरबाबा नगरपालीका–१, भुरीगाउँ स्थित सिंहबाहिनी खेल मैदानमा वृहत शान्ती महोत्सव शनिबारबाट शुरु भएको छ । ख्रिष्ट्रिय प्राथना संगती ठाकुरबाबा नगर स्तरिय समितिले महोत्वको आयोजना गरेको हो । शनिबारबाट सुरु भएको महोत्सब २८ गते सम्म चल्ने बताईएको छ ।

कार्यक्रममा नेपालमा शान्ती र समृद्धीका लागी प्रथाना गरिएको छ भने स्थानीय कलाकारहरुले सांस्कृतिक प्रर्दशन समेत गरेका छन । अमेरीकाबाट आएका मार्च एजिन्सनले कार्यक्रममा प्रबचन दिई रहेका छन । कार्यक्रममा हजार भन्दा बढिको उपस्थिती रहेको भुरीगाउँ क्रस ओए चर्चका पास्टर क्षत्र सावदले बताए।

प्रतिक्रिया दिनुहोस्: