वि.सं.   आइतवार, जेष्ठ १३, २०७५   तदनुसार  27 May 2018

समुदाय र सरकारी वकिल बिच सम्वद कार्यक्रम सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन २९, २०७४ ।    

दलबहादुर सुनार/बर्दिया ।

बढैयाताल गाउँपालिका–६, स्थित सारदा माध्यामिक विद्यालयमा समुदाय र सरकारी वकिल विच सम्बाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागिहरु, प्रहरी र न्यायलयबाट जनताले सहज र सरल रुपबाट पाउने सेवा सुबिधाको प्रक्रियाको बारेमा छलफल भएको जनाईएको छ ।

कार्यक्रममा उच्च अदालत नेपालगंजका सहन्यायधिबक्ता लक्ष्मीनाराण दाहलले कार्यक्रमको उद्देश्य तथा औचित्य माथी प्रकास पार्दै जुन समाजमा शान्ति सुब्यबस्था र कानुन ब्यबस्थित छैन त्यस समाजमा विकास समृद्धी सम्भव नहुने बताए । सबैको सहयोग भएमा पिडीतले उचित न्याय पाउछ र अपराधीले दण्ड सजाय पाउछ नकी प्रहरी, न्यायलयको एकल प्रयासले मात्र सम्भव नहुने उनल बताए ।

समाजमा शान्ति स्थापना, पिडीतलाई न्याय र दोषीले दण्ड पाउनका लागि समाजमा घट्ने कुनैपनि घटना सम्बन्धी प्रहरीलाई जानकारी गराउनु नागरिकको कर्तब्य भएकाले समयमै जानकारी भएमा प्रहरीले अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन सहज हुने समेत सहन्यायधिबक्ता दाहलले बताए ।

जिल्ला सरकारी वकिल कार्यालय बर्दिया र उच्च अदालत नेपालगंज बाँकेको संयुक्त आयोजनामा भएको कार्यक्रममा बर्दिया जिल्ला अदालतका श्रेस्तेदार हिरणय प्रसाद श्रेष्ठ, बाँकेका कानुन पत्रकार समाजका सचिव बसन्त गौतम, बर्दिया बार अध्यक्ष संजिब कर्ण, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायव निरिक्षक पुन मल्ल, बढैयाताल गाउँपालिका अन्र्तगतका जनप्रतिनिधी, समाजसेवी पत्रकार, कानुन व्यवसायी, बिभिन्न संघ सस्थाका प्रतिनिधि, प्रहरी, लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: