वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

बर्दियाली सांसदको प्रश्न : कण्डम निःशुल्क हुने तर महिलाको प्याड किन नहुने ?

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन २३, २०७५ ।    

काठमाडौं ।
बर्दियाली सांसद विमला वि.क.ले महिलाहरु महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटरी प्याड निःशुल्क वितरण गर्नु पर्ने बताएकी छन् । उनले कण्डम निःशुल्क वितरण गर्ने प्रचलन भए पनि प्याड किन निःशुल्क नभएको भनी प्रश्न समेत गरिन् ।

बुधबार संसदमा छाउपडी प्रथा अन्त्य सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै उनले भनिन्  ‘म सानो कुरा भन्न चाहन्छु समाभुख ज्यू, हामीले हाम्रो शौचालयहरुमा कण्डमलाई फ्री बनाएका छौं तर, महिला महिनावारी हुँदा प्रयोग हुने कटनका टुक्राहरु अथवा प्याडलाई फ्री गराउन सक्यौं कि सकेनौं ?’

सांसद वि.क.ले संघीय संसदकै महिला शौचालयमा पनि प्याडको व्यवस्था नभएको उल्लेख गरिन् । ‘हाम्रो संसदको शौचालय, महिला शौचालय, त्यहाँ प्याडको व्यवस्था छ ? छैन’, उनले भनिन्, ‘हामी महिलाहरु पनि माननीय भएर बसिरहेका छौं । हाम्रो संवेदनशीलता खै ? म प्रश्न गर्न चाहन्छु ।’ उनले छाउपडी प्रथा जघन्य अपराध भएको जिकिर पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...