वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

बर्दियाका सवैै स्थानिय तहमा नेपाल शिक्षक महासंघको नयाँ नेतृत्व चयन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: सोमवार, चैत्र १९, २०७४ ।    

भुरिगाउँ (बर्दिया) ।
बर्दियाका सबै स्थानीय तहमा नेपाल शिक्षक महासंघको नयाँ नेतृत्व चयन गरिएको छ । गुलरियामा भएको नेपाल शिक्षक महासंघ बर्दियाको दोस्रो जिल्ला अधिवेशनद्वारा निर्वाचित जिल्ला तथा स्थानीय तहका पदाधिकारीहरुको घोषणा सभामा बोल्ने वक्ताहरुले जिल्लामा रहेका ८ ओटै स्थानीय तहहरुको शिक्षा नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिँदै शिक्षा नीतिको एकरुपताका लागि नवगठित जिल्ला तथा नगरका पदाधिकारीलाई सुझाव समेत दिएका छन् ।

सहभागीहरुले बर्दिया जिल्लालाई शिक्षा क्षेत्रमा कसरी जीवन उपयोगी, गुणस्तरीय र उत्कृष्ठ बनाउने योजना ल्याउनका लागि समेत सुभाव दिएका छन् । अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने नारा सहित भएको अधिवेशनबाट तीन वर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित जिल्ला तथा स्थानीय तहमा चयन भएका पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।

अधिवेशनबाट शिक्षक महासँघ बर्दियाको अध्यक्षमा कृष्णराज शर्माको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । त्यस्तै बाँसगढी नगरपालिकाको अध्यक्षमा ईश्वरी खनाल, राजापुरमा राजकुमार रेग्मी, मधुवनमा खगेन्द्रप्रसाद खनाल, ठाकुरबाबामा किरुलाल चौधरी, बारबर्दियामा पोमराज शर्मा, गुलरियामा दिपबहादुर घर्ती, बढैयातालमा मानबहादुर क्षेत्री र गेरुवा गाँउपालीकामा नारायण प्रसाद पौडेल नगर अध्यक्षमा चयन भएका छन् । घोषणा सभामा चयन भएका जिल्ला तथा स्थानीय पदाधिकारीहरुलाई शिक्षक महासँघका केन्द्रिय सदस्य मोतिराम शर्माले सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्: