वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

अबैध सामानसहित बर्दियामा ५ जना पक्राउ

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, अशोज २०, २०७५ ।    

गुलरिया, बर्दिया ।

डेढ लाख मूल्यको सामान भारतको बहराइच हुँदै जिल्ला भित्र्याउदै गरेका ५ जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले भन्सार छलेर ल्याएको अभियोगमा गुलरिया-१ का छोटे दर्जी, निरज यादव, सहिन साह, सफिफ दर्जी र अजमेर अली दर्जिलाई पक्राउ गरेको हो ।

प्रहरीले मधुवन-४ धर्मबस्तिमा १९८  थान तन्ना, १२ थान साडी, १३३ थान हँसिया, १८ थान फन्टि, ४ थान साइकल लगायत बाराअंअद गरेको हो । बरामद सामानसहित पक्राउ परेकाहरुलाई थप कार्वाहीका लागि भन्सार कार्यालय पठाईएको प्रहरी उपरिक्षक सुरेन्द्र मैनालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: