वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

नेपालगञ्जको प्रादेशिक महोत्सवमा आर.टि.आई. क्लिनिक सन्चालन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २२, २०७५ ।    

सोम गुरुङ/नेपालगञ्ज ।
बाँकेको नेपालगनञ्जमा सन्चालन भईरहेको प्रादेशिक महोत्सवमा सूचनाको हक, सुशासन र  नेपालको कानुन बारे जानकारी दिईएको छ ।  सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र ईक्वेल एक्सेस ईन्टरनेशनलले पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत महोत्सवमा आर.टि.आई. क्लिनिक सन्चालन गरेको छ ।

पारस्परिक जवाफदेहिता परियोजना नेपालको ३४ जिल्लामा सन्चालन रहेको छ । सूचनाको हक र सामाजिक जवाफदेहिताका औजार बारे सचेतना फैलाउने कार्य गरिरहेको  संस्थाका अध्यक्ष विश्वजित तिवारीले बताए । साथै स्थानीय तहमा स्रोत परिचालनमा हुन सक्ने अनियमितता विरुद्ध यूवाहरुको चासो प्रवद्र्धनका लागि “मेरो पालिका मेरो चासो अभियान” को बारे स्थानीय तहको बजेट खर्च कसरी भएको छ भन्ने बारे जानकारी दिन अभियान सन्चालन गरिएको ईक्वेल एक्सेस ईन्टरनेशनलका मिडिया आउटरिच म्यानेजर बिशाल राना मगरले बताए ।

महोत्सवमा विभिन्न समुदायका नागरिकहरु आउने हुदाँ सूचनाको हक र कानुनको बारे जानकारी दिने उद्धेश्यले आर.टि.आई. क्लिनिक सन्चालन गरिएको संस्थाका कार्यक्रम प्रबन्धक रविन्द्र कुमार ज्ञवालीले बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सूचना सबैभन्दा बलियो हतियार भएको बताउँदै सूचनामा पहुँच हुुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...