वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

‘अटेर गरेपछि घरमा डोजर चलाईयो…’ – राजापुर नगरपालिका

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, असार २४, २०७६ ।    

राजापुर- पटक-पटक सुचना जारी गरेर घरटहरा हटाउन आग्रह गर्दा पनि नमानेपछी राजापुर नगरपालिकाले आफै डोजर लगाएर बाटो बिस्तार गर्न शुरु गरेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नं. ४ बजार क्षेत्रमा सडक विस्तर गर्ने क्रममा अटेर गर्ने स्थानिय घरधनीको घर डोजर चलाएर भत्काईएको हो ।
राजापुर बजार भित्रको मस्जिद अगाडि रहेको बाटोको मोहम्मद रफिक हास्मीको घरमा डोजर लगाईएको हो । नगरपालिकाले सडक क्षेत्रमा पर्ने घर टहरा हटाउन सम्वन्धित घर टहरा धनीलाई ६० दिने, ३० दिने, १५ दिने ७ दिने र ३ दिने सूचना सञ्चारमाध्यमबाट प्रशारण प्रकाशन गरेपनि अटेर गरेपछि हिजो प्रहरी प्रशासनको उपस्थितिमा हास्मीको घर भत्काईएको नगरपालिकाले जनाएको छ ।
राजापुर नगरपालिकाका प्रमुख, वडाध्यक्षहरु सबैको उपस्थितिमा पहल गर्दा पनि अटेर गरेपछि नगरपालिकाले वाध्य भएर डोजर चलाउन परेको राजापुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रमन कुमार रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...