वि.सं.   आइतवार, जेष्ठ १३, २०७५   तदनुसार  27 May 2018

थारु म्युजिक भिडियोदेखि लोकदोहोरीमा रितु नानुको धमाका !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, फाल्गुन २०, २०७४ ।    

भगतराम थारु/नेपालगन्ज ।
बर्दिया बारबर्दिया-९ कोनैथी घर भएकी थारु चेली रितु नानु चौधरी नामै काफि छ । छोटो समयमै आफ्नो थारु भाषाको गितमा चर्चा कमाएका रितुलाई थारु म्युजिक भिडियोदेखि लिएर नेपाली म्युजिक भिडियोमा भ्याई नभ्याई रहेको छ । रितुको कलाकारिता र उनको अभिनय छोटो समयमै चर्चामा आउन सफल भएका छन् । लगनशिल रितु आफ्नै लगानीमा कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताउछिन । मेहनतीलो रितु केही समय बैंकमा जागिरे भएको पैसाले जोहो गर्दै कलाकारितामा प्रवेश गरेको बताउछिन । नास्ता खाजा र तलबबाट अलि अलि बचाएको पैसाले कलाकारिता क्षेत्रमा प्रबेश गरे अहिले कलाकारिता नै रमाईलो लाग्छ रितुले भनिन् ।

घरमा आमा, बुवा, दुई दिदिवहिनी र आफ मात्र रहेका छन् । कलाकारिता क्षेत्रमा नसा लागिसक्यो अव कलाकारिता क्षेत्रमै जिवन वित्ने उनले बताईन् । कलाकारिता क्षेत्रमा पहिले पहिले खुवै मेहनत गरे र गाह्रो समेत लाग्ने गरेको रितु पछिल्लो समयमा सहज भएको बताईन् । कलाकारितामा पैसा नभए नि मेरो नामै काफि भैसक्यो अव म कला क्षेत्रलाई छोड्न सक्दैन उनले भनिन् । थारु कलाकार रितु नानु चौधरीले नेपाली गितमा मोडलिङ गरेका छन् । थारु भाषाको गितमा चर्चा कमाएका रितु नानुले पछिल्लो समयमा नेपाली म्युजिक भिडियोमा समेत मुख्य कलाकारको भुमिकामा देखिएका छन् । थारु म्युजिक भिडियोमा भ्याई नभ्याई भएका रितु नानुले एक बर्ष भित्रै कलकारिता क्षेत्रमा जम्न सफल भएकी छिन । थारु भाषाको म्युजिक भिडियोमा चर्चा कमाएका रितु अहिले भर्खरै बजारमा नेपाली लोकगीत जवानीको जोसमा भन्ने बोलको गितमा सुटिङ गरेकी छन् । जवानीको जोसमा बोलको गितमा निर्देशन, शव्द, संगित कपिल मगरको छ भने, छायाङकन अरुण कुमार सुनार, सम्पादन प्रेम कुमार थारुको रहेको छ । जवानीको जोसमा बोलको गितमा स्वर कपिल मगर र शोभा छटकुलीको रहेको छ । गितको म्युजिक भिडियोमा कलाकार कपिल मगर, रन सिह थापा, सविता राई र रितु चौधरीले अभिनय गरेका छन् ।
रितुले एक बर्षभित्रै ७/८ वटा थारु म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । बोलो न बोलो बताउ न बताउ अपन तु मनके बात लभ यु कहो इ ज्यान तोहार हो, गोहर गोहर गाल तोहर फेसन बा कमाल, गरियान मे आग लगाके मचाईलो धमाल, बन्दिदी थुम्का लगाके, नाचो हो छमिया तु लेहगा उराके, थारु हाई मोर दारर्लिङग टु, प्यार भरल दिलसे तो प्यास बुझाके कम्मर मर्कादेउ एक्क चुटकीमा एक्क चुटकीमा मन परल तोहार चवन्नी मुस्कीमा लगायतका गितमा भ्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्: