वि.सं.   बुधबार, असार ४, २०७६   तदनुसार  19 June 2019

सडकमा ज्यान गुमाएकालाई दीप प्रज्ववलन गरि सम्झदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५ ।    

नेपालगन्ज,बाँके ।
बाँकेको नेपालगन्जमा पनि सडकमा ज्यान गुुमाएका ब्यक्तिहरुको सम्झनामा विश्व स्मरण दिवस दीप प्रज्ववलन गरि मनाइएको छ । ११ नोभेम्बरमा मनाईने यो दिवस हप्ता भरि विभिन्न कार्यक्रम गरि मनाउने गरिएको छ । विश्व स्मरण दिवसको अवशरमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपाल युुवा परिषद, बाँके, मानव र वातावरण र बाँकेका विभिन्न सामाजिक संघसंस्थाको संयुक्त सहकार्यमा विपी चौकमा दीप प्रज्जवलन कार्यक्रम आयोजना गरिएको सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, बाँकेका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताए।
बाँके जिल्लामा यो आर्थिक वर्षमा २३ जनाको दुुर्घटनामा परि ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ,नेपालगन्जका प्रमुुख प्रहरी निरिक्षक हिरेन्द्र रोकायले जानकारी दिए । सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले सडक दुुर्घटनामा परि ज्यान गुुमाएको ब्यक्तिहरुको संम्झनामा दीप प्रज्ववलन गर्दै सडक दुुर्घटनाबाट बच्नको लागि सदैव ट्राफिक नियमको पालना गर्नुु पर्नेमा जोड दिए । सो कार्यक्रममा सम्पूर्ण अधिकारकर्मी, सन्चारकर्मी, कानुुन ब्यवसायी, बुुद्धिजिबी, नागरिक समाज, ब्यापारी, शिक्षक तथा विद्यार्थीको सहभागीता रहेको नेपाल युुवा परिषद, बाँकेका अध्यक्ष सोम गुुरुङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्:


Loading...