वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

दुर्घटना कम गर्न ४०० विद्यार्थीको साईकलमा ‘रिफ्लेक्टिङ स्टिकर’

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस १२, २०७५ ।    

मैनापोखर,बर्दिया।
तराईमा चिसो मौसम बढेसंगै हुस्सु कुहिरो लाग्ने गर्दछ । हुस्सुले गर्दा भिजिबिलिटी कम हुने र नजिकैको बस्तु पनि देख्न मुस्किल हुने भएकाले सवारी दुर्घटना बढ्ने गरेको छ । यसैलाई मध्यनजर गर्दै अस्थाई ट्राफिक प्रहरी पोस्ट मैनापोखर बर्दियाले विद्यार्थीहरुको साईकलमा रिफ्लेक्टिङ स्टिकर प्रयोगमा ल्याएको छ ।
जाडो याममा हुस्सुको कारण दुर्घटना हुन सक्ने जनाउदै निमित्त ईप्रका मैनापोखर र अस्थाई ट्राफिक प्रहरी पोस्ट मैनापोखर बर्दियाले सडक दुर्घटना हुन नदिनको लागि साइकलहरुमा रिफ्लेक्टिङ स्टिकर टाँस्ने कार्य शुरु गरेका हुन । बिद्यालय प्रहरी सम्पर्क समितिको समन्वयमा भवानी माध्यमिक विद्यालय सिमराका करिब ४०० विद्यार्थीको साइकलमा सो रिफ्लेक्टिङ स्टिकर टाँस गरिएको हो ।
यसरी रिफ्लेक्टिङ स्टिकर टाँस गर्दा स्टिकर टल्कने र केही परैबाट अगाडिको बस्तु देखिदा दुर्घटना हुन बाट बचावट हुने अस्थाई ट्राफिक प्रहरी पोस्ट मैनापोखर बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...