वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

नेपालगंजमा जारी रात्री क्रिकेटमा गोल्डेन र एन.सी.सी.को खेलमा गोल्डेनको जीत

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५ ।    

बअ सम्वाददाता/नेपालगंज (बाँके) ।
नेपालगन्जमा जारी तेस्रो रात्री सुनर क्रिकेट प्रतियोगिता २०७५ मा नेपालगन्ज उप–महानगरपालिका वडा नं. २२ नहरपुर्वाको गोल्डेन स्पोर्ट्स क्लब र नेपालगन्जको एन.सी.सी. स्पोर्ट्स क्लब बसपार्क बीच भएको खेलमा गोल्डेन स्पोर्ट्स क्लब विजयी भएको छ ।

टस जितेर ब्याटिङ रोजेको गोल्डेन स्पोर्ट्स क्लबले १२ ओभरको खेलमा ८ विकेटको क्षतिमा ८७ रन जोड्यो । गोल्डेनले दिएको ८८ रनको लक्ष्यलाई पक्ष्याउने क्रममा एन.सी.सी.ले सम्पूर्ण १२ ओभरमा ९ विकेटको नोक्सानीमा जम्मा ७० रन मात्र जोड्न सक्यो । यस संगै गोल्डेन स्पोर्ट्स क्लबले १८ रनले जित हात पारेको छ ।

गोल्डेन स्पोर्ट्स क्लबलाई जिताउन संकेत पुन मगरले  ३२ रन जोड्दा अनिमेश जङ शाही, सुनिल भण्डारी र प्रतीक गिरिले समान ३÷३ विकेट लिए । खेलको म्यान अफ दि म्याच गोल्डेन स्पोर्ट्स क्लबका सुनिल भण्डारीले प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: