वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

म नगरप्रमुख पदबाट राजिनामा दिन्छु : ठाकुरबाबा नगरप्रमुख श्रेष्ठ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, माघ २८, २०७५ ।    

भुरिगाउँ, बर्दिया ।
ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले नगरप्रमुखको पदबाट राजिनामा दिने बताएका छन् । ठाकुरबाबा नगरपालिकाको कार्यालयद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले आफुले पदबाट राजिनामा दिने बताएका छन् ।

आफु नगरप्रमुख भएर आए देखी नगरपालिकाको कार्यालयमा भ्रष्टाचारमा शुन्य सहनशिलताको निती अपनाएको बताए । आफु नगरबासीको पक्षमा रहेकाले नगरपालिकामा हुने गरेका भ्रष्टाचारहरु हुन नदिन आफु हरबखत क्रियाशिल रहेको बताउँदै नगरप्रमुख श्रेष्ठले आफु पनी भ्रष्टाचार नगर्ने र अरुलाई पनी गर्न नदिने बताए । भ्रष्टाचारकै विषयमा उठेको प्रश्नको जवाफ दिँदै नगरप्रमुख श्रेष्ठले आफुले भ्रष्टाचार गरेको प्रमाणित गरे नगरप्रमुख पदबाट सोहि समयमा राजिनामा दिने बताएका हुन् ।

ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को अर्धवार्षिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको हो । ठाकुरबाबा नगरपालिकाको कार्यालयबाट आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न गरेका कार्यहरुका साथै आर्थिक वर्ष २०७५/७६ मा शुरु गरिएका बिकास निर्माणका कार्यहरुका बिषयमा सल्लाह, सुझाब तथा जनगुनासो संकलन गर्ने उद्देश्यले अर्ध वार्षिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

बाढिपिडित, भुमिहिन, भ्रष्टाचार, तेलपानी सडकखण्ड, विकास निर्माण लगायतका विषयमा राखिएको गुनासोलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले आफ्नो धारणा तथा समस्याको समाधानहरु बताएका थिए। गुनासोलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले बाढीपिडितहरुले गरेको नगरपालिका घेराउ तथा रिले अनसन नगरपालिकाकै आग्रहमा भएको समेत बताएका छन् । आफुहरुले बाढीपिडितहरुको समस्या केन्द्रमा राखे पनी केन्द्रले सुनुवाई नगरे पछि केन्द्र सरकारलाई दबाब दिन आफुहरुले नगरपालिका घेराउ तथा रिले अनसन गर्न आग्रह गरेको बताए ।

विद्यालयको पठनपाठनको विषयमा आएको गुनासोलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले पहिले डिस्टिङ्गसन ल्याउने गरेका विद्यालयहरुको परिक्षा नतिजा समेत यस पटक नगरपालिका मार्फत लिईएको परिक्षामा निकै न्युन आएको तर्फ संकेत गर्दै विद्यालयको पढाई स्तर सुधारका लागि नगरपालिकाले विभिन्न योजना बनाएको पनी बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...