वि.सं.   सोमवार, फाल्गुन ६, २०७५   तदनुसार  18 February 2019

४ दिने कृषि उपकरण सञ्चालन तथा मर्मत तालिम राजापुरमा चल्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ ।    
Loading...

मिन अधिकारी/राजापुर।
बर्दियाको राजापुर प्रधानमन्त्रि कृषि आधूनिकिकरण परियोजना सुपरजोन कार्यन्वयन इकाईको आयोजनामा ४ दिने कृषि यन्त्र औजार उपकरण सञ्चालन तथा मर्मत सम्बन्धीे तालिम राजापुरमा शुरु भएको छ । राजापुर नगरपालिकामा प्रधानमन्त्रि कृषी आधूनिकिकरण परियोजना सूपरजोन धान कार्यन्वयन इकाईका संचालक समितिमा संयोजक अग्नि प्रसाद अर्यालको अध्यक्षतामा भएको तालिममा प्रधानमन्त्रि कृषी आधूनिकिकरण परियोजना सूपरजोन धान कार्यन्वयन इकाईका बरिस्ट कृषि बिकास अधिकूत कुल प्रसाद अधिकारी ,सदस्य चिन्तामण आचार्य, सिसु चौधरी सिसा परयिोजनाका ईन्जीनियर सुवास अधिकारी पत्रकार रन्जना परियार लगायत ४७ जनाको उपस्थिती रहेको तालिमा प्रधानमन्त्रि कृषी आधूनिकिकरण परियोजना सुपरजोन कार्यन्वयन इकाईको बारेमा जानकारी सहित कृषि यान्त्रिकरणको अवस्था , बिभिन्न कृषि यन्त्रको बारेमा जानकारि, पावर टिलर र मिनि टिलर चलाउने र हेरचाह गर्ने तरिका यिनमा देखिने समस्या र समाधानका उपाय, मल विउ छर्ने झोला चलाउने तरिका , लेजर ल्याण्ड लेभलर चलाउने तरिका, पावर टिलरमा सिड ड्रिलर जोड्ने चलाउने तरिका ट्याक्टरमा सिड ड्रिलर जोडने क्यालिबे्रसन गर्ने चलाउने र जोड्ने चलाउने तरिका धान रोप्ने मेसिन चलाउने तरिका बारे जानकारि र अभ्यास गराउने तालिमको उद्देश्य रहेको जानकारी बरिष्ट कृषि बिकास अधिकूत कुल प्रसाद अधिकारीले जानकारी दिए । राजापुर क्षेत्रका बिभिन्न कृषक समुहका कृषकहरुको तालिममा सहभागिता रहेको छ । तालिमको सहजिकिकरण सिसा परियोजनाका सुवास अधिकारिले गरेका थिए भने तालिम साउन २९ गते सम्म सञ्चालन हुने सुपरजोनका संयोजक तथा अध्यक्ष अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...