वि.सं.   बिहिबार, मंसिर २७, २०७५   तदनुसार  13 December 2018

ब्युटीपार्लर गरेर जिविकोपार्जन गर्ने महिलाहरुलाई राजापुरमा सम्मान

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ ।    

बर्दिया अनलाईन/राजापुर ।
सौन्दर्य कला व्यवसाय संघमा आबद्द राजापुरका व्यवसायीहरुलाई एक कार्यक्रमका वीच सम्मान तथा प्रमाण पत्र वितरण गरिएको छ । राजापुर नगरपालिका क्षेत्र भित्र सौन्दर्य कला व्यवसाय पसल गरेर आर्थिक उपार्जन गरिरहेका महिला दिदी वहिनीहरुलाई प्रोत्साहनका लागि सम्मान तथा प्रमाण पत्र वितरण गरिएको हो ।
सौन्दर्य कला व्यवसायी संघ नगर कमिटी अध्यक्ष शशी दहितको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राजापुर नगरपालिका उपप्रमुख मनकला चौधरी विशष्ट अतिथि केन्द्रिय उपाध्यक्ष सपना कुवँर, वडा नं.४ का वडाध्यक्ष रमन कुमार रेग्मी बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मी, रेडियो साथि एफ एमका स्टेशन म्यानेजर मिन अधिकारी, सौन्दर्य कला व्यवसाय संघ जिल्ला अध्क्षय सुम्णि चौधरी बियृटिसियन दिदि बैनिहरु सञ्चारकर्मी लगातयको उपस्थीती रहेको थियो ।


घरायसी काम र चुलो चौकामा मात्र सीमित नभई नेपाली महिलाहरु अव अन्य काम गरेर घर परिवार र समाज विकासमा लाग्न सक्ने विश्वास दिन सफल हुन थालेकाले अव महिला पनि कुनै क्षेत्रमा कम नभएको र सौन्दर्य कलाले नै समाजलाई सुन्दर र सभ्य वनाउने भएकाले राजापुर क्षेत्रका बियृटिसियन दिदि बैनिले सौन्दर्य कला व्यवसायलाई सभ्य बनाउन लाग्नु पर्ने धारणा राजापुर नगर उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि मनकला चौधरीले राखिन ।
सम्मान तथा प्रमाण पत्र वितरण कार्यक्रमा सौन्दर्य कला व्यवसायी संघकी केन्द्रिय उपाध्यक्ष सपना कुवँरले सुरुवातमा धेरै मेहनत गर्न परे पनि आउदा दिन सहज हुने र सौन्दर्य व्यवसायको भविष्य पनि राम्रो भएको बताईन । तालिम र गोष्ठिको आयोजना गरे आफुहरु कुनै पनि समयमा सहयोगका लागि तयार रहेको कुवँरको भनाई छ । वडा न.- ४ का वडाध्यक्ष रेग्मीले सौन्दर्य सम्वन्धी कार्यक्रम राजापुरमा पहिलो पटक भएको हुदा आफुहरु खुसी भएको तर भेलामा थोरै महिला दिदि बैनीहरुको उपस्थीती भएकाले यस्ता कार्यक्रममा धेरै भन्दा धेरै महिलाको उपस्थिति भएमा अझ राम्रो हुने र आगामी दिनहरुमा सुझाव सल्लाहा लिएर अगाडि बढन सुझाव दिदै नगरपालिका तथा वडास्तरबाट गर्न सक्ने सहयोगका लागि आफु तयार रहेको बताईन । बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मीले सौन्दर्य व्यवसायी पनि व्यापारिक क्षेत्र भएकाले राजापुर क्षेत्रका व्यावसायी र्दता नभएकाले आफ्नो व्यवसायलाई कुनै एक क्षेत्रमा दर्ता गरि अगाडि वढेमा संघले आफ्नो योजनामा राखेर सहयोग गर्ने बताए । राजापुर रिभर साइड होटलमा भएको कार्यक्रमम स्वागत मन्तव्य संगिता चौधरीले राखिन भने सञ्चालन राजापुर टेक्निकल कलेजका प्रमुख गिता अर्यालले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्: