वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

राजापुरमा नेपाल बैक लिमिटेडको एटीएम सेवा सुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०७५ ।    

मिन अधिकारी/राजापुर (बर्दिया) ।
नेपाल बैक लिमिटेडको राजापुर शाखाले बिहीवार देखी ए.टी.एम. सेवा सुरु गरेको छ । नेपाल बैक लिमिटेड प्रदेश नं. ५ का मुख्य  प्रबन्धक पासाङ्ग दोर्जी शेर्पाले एक कार्यक्रमका बिच ए.टी.एम. सेवाको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का मुख्य  प्रबन्धक पासाङ्ग दोर्जी शेर्पाले नेपाल बैक लिमिडेडमा खाता खोलेका शिक्षकहरुको लागि आवश्यक ऋणको व्यवस्था गर्न सकिने बताउदै व्यवसायीक रुपमा कृषि गर्न चाहने कृषिकहरुको लागि कृषिमा लगानी गर्न खोजीरहेको बताए ।

यवसाय, कृषि गर्न चाहने इच्छुक कृषकलाई नेपाल सरकारले प्रदान गरेको  सहुलिएत दरमा कृषि कर्जाको व्यवस्था गरेको समेत बताए । यस भन्दा अगाडी राजापुर क्षेत्रमा बैक अफ काठमान्डौ लिमिटेडले एटीएम सेवा प्रदान गर्दे आइरहेको छ । यस राजापुर क्षेत्रमा दोस्रो एटिएम सेवा हो ।

प्रतिक्रिया दिनुहोस्: