वि.सं.   बुधबार, फाल्गुन ८, २०७५   तदनुसार  20 February 2019

राजापुरमा सुपरजोन स्तरीय योजना तर्जुमा गोष्ठि सम्पन्न, यस वर्ष १ हजार हेक्टरमा चैतेधान लगाईने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, माघ ११, २०७५ ।    
Loading...

मिन अधिकारी/राजापुर (बर्दिया) ।
बर्दियाको राजापुरमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोनले धान सुपर जोन स्तरीय योजना तर्जुमा गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । बर्दियाको भौरा क्षेत्रमा धान खेतीका लागि उपयुक्त जमिन र सिचाँईका लागि पानीको पर्याप्त व्यवस्था भएकाले सो क्षेत्रमा उत्पादन बढाउन सरकारले धान सुपर जोन घोषणा गरिएको कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

नेतृत्व पक्तिले नै सरकारबाट आउने सहयोगको बढि उपयोग गर्ने र किसानले न्युन मात्रामा सहयोग पाउने र सुचना पनि नपाउने हुदाँ समस्या देखिएको र सञ्चार माध्यमलाई सुचना सम्प्र्रेषणमा सहभागि बनाउनु पर्ने बताएका छन् । ससाना योजनामा पनि साना किसानलाई समेट्न सके स्थानिय तह देखि राष्टिय स्तरसम्म कृषि क्षेत्रको विकास गर्न सकिने गेरुवा गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी चौधरीले बताईन् । योजना तर्जुमा गरेर मात्र राख्नु भन्दा त्यसलाई व्यवस्थापन गरी क्रमबद्ध तरिकाले अल्पकालिन र दीर्घकालिन योजनाको महत्व बुझेर अगाडि बढ्नु पर्ने वक्ताहरुले बताएका छन् । राजापुर क्षेत्रलाई कृषि क्षेत्रको पकेट क्षेत्र बनाउदै पर्यटकिय क्षेत्र बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरणले मुख्य भूमिका खेल्ने भएकाले यसको विकासका लागि स्थानिय तह तयार रहेको उपाध्यक्ष हेम कुमारी चौधरीले बताईन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्यालयका वरिष्ठ अधिकृत विरेन्द्र राज पराजुलीले आर्थिक वर्ष २०७४/७५मा गरिएका कार्यक्रम र आर्थिक वर्ष २०७५/७६ मा गरिने कार्यक्रमको कार्यपत्र प्रस्तुत गरेका थिए । भौरा क्षेत्र अन्न बालीको भण्डार भएकाले यस क्षेत्रमा दुईवाली धान सहित तीनवाली खेतीगर्न सकिने बताए । चैते धान खेती गर्ने किसानहरुलाई तोरी, आलु र अरहर सहित कृषि उपकरणमा अनुदान दिने बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...