वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

राजापुरमा आगोमा जलेर महिलाको मृत्‍यु

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: सोमवार, जेष्ठ ७, २०७५ ।    

मिन अधिकारी, राजापुर ( बर्दिया) ।
राजापुरमा एक महिलाको आगोमा जलेर मृत्‍यु भएको छ । बर्दिया राजापुर नपा-४ राजापुर बजार कि वर्ष २८ वर्षिया जेवा तंव जस्गडको ज्यान गएको हो । उनले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको बताईएको छ ।
दिउसो करिव ३ वजेतिर घरमा कोही नभएको अवस्थामा शरीरमा आफैले मट्टितेल छर्केर आगो लगाई आत्महत्या गरेको हुनसक्ने स्रोतले जनाएको छ ।


मृत्यु भएकी महिलाको करिव ४ वर्षदेखी शारीरिक तथा मानसिक अवस्था ठिक नभकाले उनले औषधी प्रयोग गर्दै आइरहेको उनमा श्रीमानले वताएका छन्।
घटनास्थल आसपासका व्यक्तिहरुले घटना घटिरहेका वेला घटनास्थलबाट कूनै पनि आवाज नआएको बताएका छन् । यस विषयमा तत्काल अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ । शव पोष्ट मार्टमका लागी प्राथमीक स्वास्थ्य चौकी राजापुर लगिएको छ । मृतकका श्रीमान, ससुरा र २ सन्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: