वि.सं.   बुधबार, माघ ९, २०७५   तदनुसार  23 January 2019

राजापुर उद्योग वाणिज्य संघमा रेग्मी : नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, चैत्र ७, २०७४ ।    

मिन अधिकारी/राजापुर ।
बर्दिया उद्योग वाणिज्य संघ, राजापुरको नव निर्वाचित पदाधिकारीहरुले सपथग्रहण गरेका छन । बर्दिया उद्योग वाणिज्य संघको भवनमा भएको सपथ ग्रहण समारोहमा राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरी, ईलाका प्रशासन कार्यालयका प्रमुख कृष्ण प्रसाद गौतम पूर्व अध्यक्ष तथा पदाधिकारीहरु, व्यापारीहरुको सहभागिता रहेको थियो । आगामी ३ वर्षका लागि भएको चुनावमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरु विजयी भएका हुन ।

नव निर्वाचीत अध्यक्षमा कृष्ण कुमार रेग्मी, उद्योगतर्फ उपाध्यक्ष तर्क शाह, वाणिज्यतर्फ उपाध्यक्ष चन्द्रेश्वर शर्मा सुवेदी, सचिव केदार थापा, कोषाध्यक्ष गंगाराम चौधरी, महिला सदस्यहरु सारदा खत्री, सन्तोस कुमार तिमिल्सेना, लक्ष्मी प्रसाद पौडेल, लोकराज ढुङ्गाना, गोकर्ण प्रसाद सापकोटा, सुनिल दहित र वाम गठवन्धनका सदस्य हिमाल गौतमले आज सपथ लिएका हुन ।

सपथ ग्रहण कार्यक्रममा निर्वाचन अधिकृत रविराज र्शमाले अध्यक्ष र अध्यक्ष रेग्मीले अन्य पदाधिकारीहरुलाई सपथ गराएका थिए । सपथ पछि निवर्तमान अध्यक्ष गोविन्द रिजालले नव नियुक्त अध्यक्ष सहित अन्य पदाधिकारीहरुलाई शुभकामना तथा बधाई ब्यक्त गरेका छन । आजै नव नियुक्त अध्यक्ष कृष्ण कुमार रेग्मीले पदभार समाल्दै सवै व्यापारी मित्रहरुको साथ र सहयोगको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै निर्वतमान कार्य समितिलाई विदाई गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: