वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

राजापुर रेडक्रसको भवन शिलान्यास

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, चैत्र १२, २०७४ ।    

मिन अधिकारी/राजापुर।
नेपाल रेडक्रस सोसाईटी राजापुर उपशाखाको भवन एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ । क्रमगत योजना अन्तरगत निर्माण गर्न लागिएको चारकोठे भवनको नगरपालिका प्रमुख शिवप्रसाद चौधरीले आइतवार शिलन्यास गरेका हुन ।
शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै आफुहरुले क्रमागत योजनामा बजेट राखि भवन निर्माण कार्य पुरा गराउने प्रतिबद्धता जनाउदै निर्माण समितिले राम्रोसंग काम गर्नु पर्ने बताएका छन । नेपाल रेडक्रसको भवन निर्माणका लागि यस बर्ष नगरपालिकाले १० लाख सहयोग गरेको छ भने अन्य सहयोगीदातावाट सहयोग १ लाख ४९ हजार गरी जम्मा ११ लाख ४९ हजार सहयोग र जग्गा दाता चिन्तामणी आचार्य र रणबहादुरहमाले जग्गा खरिदका लागी १ लाख ५० हजार सहयोगबाट भवन र्निमाण गर्न लागिएको नेपाल रेडक्रस सोसाईटी राजापुर उपशाखाका सचिव सुर्यप्रसाद घिमिरेले बताएका छन ।


बर्दियाको राजापुर नगरपालिका वडा नं-८ धोबिनपुरस्थित कर्तनियाघाट रोडमा निर्माण गर्न लागिएको भवन शिलन्यास कार्यक्रममा वडा नं-५का वडा अध्क्ष्य रामबहादुर चौधरी, उपभोक्ता समितिका अध्यक्ष रणबहादुर हमाल, रेडक्रस राजापुरका सभापति माया भट्टराई, रेडक्रसका जिल्ला सदस्य चक्र थापा, बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी, इलाका प्रहरी कार्यालय राजापुरका प्रतिनिधि हरिशरण भट्ट, राजापुर कम्यूनिकेशन प्रा लि राजापुरका अध्यक्ष विश्वमान प्रधान, पत्रकार समाजसेबी लयायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्: