वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था गर्न नगरप्रमुखलाई ५२२ जनाको हस्ताक्षर बुझाईयो

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, मंसिर १८, २०७५ ।    

मिन अधिकारी,राजापुर।
बर्दियाको राजापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारको डाक्टरको तत्काल व्यवस्थापन गर्न माग गर्दै राजापुरका नगरप्रमुखलाई हस्तारक्षर सहितको निवेदन पेश गरिएको छ । भौरा क्षेत्रको गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा रहेका करिव २ लाख स्थानियले गुणस्तरिय प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको व्यवहोरा दर्शाउदै अविलम्व डाक्टरको माग गरिएको हो ।
राजापुर क्षेत्रमा डाक्टर नहुदा सानो भन्दा सानो स्वास्थ्य समस्या समाधानका लागि कैलालीको टिकापुर र बाँकेको नेपालगंज जानु पर्ने दुःख पाएको स्मरण गराउदै नगर प्रमुखलाई भौरा क्षेत्रका ५२२ जनाको हस्ताक्षर सहितको निवेदन दिईएको स्थानिय समाजसेवी मधुसुदन रेग्मीले बताए । भौरा क्षेत्रको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल डाक्टरको व्यवस्था नगरे राजापुरका स्थानिय सडकमा उत्रने रेग्मीले बताए । राजापुर नगरपालिका सगैँ जोडिएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको राजापुर नगरपालिकाका नगरप्रमुख उपप्रमुख लगायत जनप्रतिनिधिहरुलाई जानकारी भएर पनि प्रभावकारी पहल नगरेको राजापुर नगरपालिका-१ का राम कृष्ण न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्: