वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

गैह्र सरकारी संस्थाहरु बिच समन्वयात्मक बैठक सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५ ।    

मिन अधिकारी/राजापुर (बर्दिया) ।
राजापुर नगरपालिका भित्र काम गर्ने अन्र्तराष्टिय गैह्र सरकारी संस्था र गैह्र सरकारी संस्थाहरु बिच समन्वय हुनु पर्ने भन्दै अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

सहभागि संघ सस्थाहरुले सरसफाई, महिला हिँसा,बालबालिका र शिक्षा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आ–आफ्नो बजेट सहितको कार्यपत्र प्रस्तुत गरेका थिए ।

एउटै क्षेत्रमा धेरै संघ संस्थाको कार्यक्रम दोहोरिने, कार्यक्रमको प्रतिफल नदेखिने समस्या हटाउने समग्र रुपमा सुन्दर, सभ्य र विकासमुखी नगर बनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममा राजापुर क्षेत्रमा रहेका समस्या समाधानमा दुवै संस्थाको समन्वयमा कार्यक्रममा लगानी गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: