वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

राजापुर बजार व्यवस्थित बनाउन स्थानीय सरकारको ध्यानाकर्षण

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, भदौ २६, २०७६ ।    

सकिएको छैन तर हामी पशुचौपायाको समस्या समाधान गर्न प्रयासरत छौँ- नगरप्रमुख

राजापुर- मध्य तथा सुदूरपश्चिमको पुरानो राजापुर बजार सुन्दर बनाउन स्थानीय सरकारलाई ध्यानाकर्षण गराइएको छ । बजारलाई सुव्यवस्थीत बनाउन तर्फ स्थानीय सरकारले कदम चाल्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बिहीबार बर्दियाको राजापुरमा छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले राजापुर बजार तुरुन्तै व्यवस्थापन गर्न तर्फ स्थानीय सरकार लाग्नुपर्नेमा सहभागीहरुले जोड दिएका हुन ।

भौंराटप्पा नागरिक समाज, बर्दिया उद्योग बाणिज्य संघ र विकास प्रेमी यूवा समाज राजापुरको संयुक्त समन्वयमा आयोजना गरिएको सो कार्यक्रममा सहभागीहरुले विभिन्न ६ बुँदाहरुमा छलफल तथा अन्तरक्रिया गरेका थिए । बुँदाहरुमा बजारका छाडा चौपायाहरु व्यवस्थापन,बजारमा फोहोर कन्टेनर राख्नुपर्ने,सिसिटीभी क्यामेरा राख्नुपर्ने,अटोहरु व्यवस्थित गरिनुपर्ने,ठेला व्यापार व्यवस्थित गरिनुपर्ने र पोललाईटहरु जडान गरिनुपर्ने सहभागीहरुले बताए । छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख चौधरीले बजारमा छाडा चौपाया व्यवस्थापन गर्न आफुहरु हरहिसाबले लागि परेको भएपनि तुरुन्तै यसको निकास निकाल्न नसकेको उनले स्विकारेका छन । “चौपाया व्यवस्थापनका लागि श्रीलंकामा गौशाला निर्माण गरिएको थियो तर त्यहाँ गाईगोरुहरु बाघको चपेटामा पर्ने गरेपछि पुन: अन्तै सार्नु परेको घटना दर्शाउदै नगरप्रमुखले  गौशाला निर्माणका गर्न नगरपालिलका लागि परेको तर उचित स्थान नभेटिएकाले यो समस्या समाधान हुन नसकेको बताए । गौशाला निर्माणका विषयमा पुन: विशेष छलफल र सम्बन्धित सबै मिलेर लाग्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रमुख,सशस्त्र प्रहरीका प्रमुख,ईलाका प्रशासनका प्रमुख,व्यापारी यूवा प्रेमी समाजका प्रतिनिधी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...