वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन सम्बन्धी अभिमुखीकरण सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, पुस १४, २०७५ ।    

मिन अधिकारी,राजापुर।
स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन सम्बन्धि अभिमुखीकरण तथा आवश्यक सामग्री हस्तान्तरण सम्बन्धी २ दिने कार्यक्रम शनिबार राजापुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ग र कमैया महिला जागरण समाज नेपालको अध्यक्ष विरुणी थारुले नगर प्रमुख शिब प्रसाद चौधरीलाई स्थानिय आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापनका लागि आवश्यक ३ लाख ३२ हजार ५सय रुपैया बराबरको २८ किसिमका कम्प्यूटर, फोटोकपी मेसिन, ४२ ईन्चको टिभी, टेबुल कुसीका हस्तान्तरण गरेका थिए । कार्यक्रममा राजापुर नगरपालिका उप प्रमुख मनकला चौधरी, वडा अध्यक्षहरु, नेपाल रेडक्रम सोसाईटीजिल्ला शाखा बर्दियाका पुर्व अध्यक्ष महेश गौतम, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख सुरेन्द्र हमाल,स्थानिय सघ सस्थाका प्रतिनिधी, प्रहरी जनप्रतिनिधी प्रत्रकारहरुको उपस्थित रहेको थियो । राजापुर नगरपालिका प्रमुख शिब प्रसाद चौधरीको सभापत्तिवमा भएको समापन कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ग रहेका थिए।

प्रतिक्रिया दिनुहोस्: