वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

राजापुरमा प्रथम मेयर कप रनिङ शिल्ड प्रतियोगिता शुरु

          |   प्रकाशित मिति: मङ्लबार, माघ १५, २०७५ ।    

मिन अधिकारी/राजापुर।
राजापुरमा आजदेखि प्रथम अन्तर विद्यालय स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ शुरु भएको छ । विद्यालय स्तरका प्रतिभावान विद्यार्थीलाई हौसला सहित राष्ट्रिय र अन्तराष्ट्रिय खेल जगतमा चिनाउन रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको आयोजक राजापुर नगरपालिकाले जनाएको छ ।
राजापुर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहेको प्रथम अन्तर विद्यालय स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिताको सभापति राजापुर नगरपालिका शिक्षा शाखाका उप सचिव गणेश बहादुर सिंह प्रमुख अतिथि राजापुर नगरपालिकाका नगरप्रमुख शिव प्रसाद चौधरी, अतिथिहरुमा राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरी, नगरस्तरीय विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख वा प्रतिनिधि, अमर शहिद बुमुखी क्याम्पसका प्रमुख, सामुदायिक तथा संस्थागत विद्यालयका प्रअ, सुरक्षा निकायका प्रमुख वा प्रतिनिधि तथा प्रतिनिधि समाजसेवी बुद्धिजीवि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रथम अन्तर विद्यालय स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगितामा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्य खेल सञ्चालक समितिका सदस्य तथा भिमसेन प्रावि केईलीका प्रअ राजकुमार रेग्मीले दिएका थिए । राष्टिय गान, ज्ञात अज्ञात शहीदहरु प्रति श्रद्धाञ्जली स्वरुप १ मिनेट मौन धारण पछि दिप प्रज्जवलन, व्यानर बाचनका साथै झण्डोत्तोलन गरी प्रमुख अतिथिले खेलको उद्घाटन गरेका थिए । नगरप्रमुखले विद्यार्थीहरुले अर्पण गरेका सलामी तथा मार्च पासको ग्रहण पछि खेलाडी तथा उपस्थित सबैलाई सम्बोधन गर्दै खेल पनि पढाई र स्वास्थ्य प्रभावकारी वनाउने माध्यम भएकाले नगरपालिकाले आगामि दिनमा पनि यस्ता खेलकुदको आयोजना गर्ने बताए । नगरपालिकाले आयोजना गरेको प्रथम अन्तर विद्यालय स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगिताको विजेता विद्यालयलाई अन्य पुरस्कार वाहेक नगद १ लाख प्रदान गर्ने घोषणा नगर प्रमुखले जानकारी दिदै प्रतियोगितालाई भव्य र सभ्य वनाउन सबैलाई आग्रह समेत गरेका छन । अमर शहीद दशरथ चन्द मा वि राजापुरको खेलमैदानमा सञ्चालित प्रतियोगिता माघ १८ गते सम्म सञ्चालन हुने छ।
राजापुरमा आजदेखि सुरु भएको प्रथम अन्तर विद्यालय स्तरीय मेयर कप रनिङ शिल्ड प्रतियोगितामा कक्षा १–५ र कक्षा ६–८ छात्र/छात्राको १०० मिटर हिट दौड प्रतियोगिता सञ्चालन भएको छ । कक्षा १–५को हिट चरणमा प्रथम र द्वितिय हुने छात्र÷छात्राका र कक्षा ६–८को हिट चरणमा प्रथम, द्वितिय र तृतीय हुने छात्र/छात्राको फाईनल खेल हुने भएको छ । भोलि देखि प्रतियोगिताका अन्य खेल समेत आयोजना हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...