वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

राजापुर महोत्सव: भोली चर्चित मोडेलहरु ज्योति मगर, सुनिता दहितको प्रस्तुती रहने

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, फाल्गुन ४, २०७४ ।    

राजापुर, बर्दिया।
कृषि पर्यटन उद्योग र व्यापार, राजापुर विकासको मूल आधार भन्ने नाराका साथ सञ्चालन भई रहेको राजापुर व्यापारिक महोत्सव भब्यताका साथ चलिरहेको छ ।


आज महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु अर्जनु कौशल, शितल शर्मा, दिपासा विसी, सुनिता दहित, जगन्नाथ चौधरी, गोविन्द अधिकारी लगायत स्थानिय कलाकारहरुले प्रस्तुति राखेको र दर्शकहरुको उल्लेख्य सहभागिता भएको आयोजक समितिले जनाएको छ ।
भोली चर्चित गायिका तथा मोडेल ज्योति मगर, चौधरी गायक खेम वखरिया, टिका जैसी, लगायत स्थानिय कलाकारहरुको प्रस्तुति हुने भएको छ । विद्यार्थीलाई रु २० अन्यलाई ४० रुपैया टिकट दर राखिएको छ ।


स्थानिय ठाउँलाई परिचित गर्ने उद्देश्यले सञ्चालन भएको महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले आ-आफ्ना प्रस्तुतिका साथ मनोरञ्जन प्रदान गरेका छन् । राजापुरमा भई रहेको महोत्सवमा राजापुर नगरपालिका, गेरुवा गाउँपालिका सहित कैलाली बाँकेका दर्शकहरुको उपस्थिति रहेको आयोजक बर्दिया उद्योग वाणिज्य संघका सचिव कृष्ण कुमार रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: