वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

राजापुर तताउन फागुन ३ गते लोकगायक पुस्कल शर्मा लगायत आउने

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २, २०७४ ।    

राजापुर, बर्दिया ।
बर्दियाको राजापुर नगरपालिकामा कृषि पर्यटन उद्योग र व्यापार, राजापुर विकासको मूल आधार भन्ने नाराका साथ सञ्चालन भई रहेको राजापुर व्यापारिक महोत्सवको माहोल तात्दै गईरहेको छ । भोलि अर्थात फागुन ३ गते राजापुरलाई तताउन बिभिन्न चर्चित कलाकारहरु आउने आयोजकले बताएको छ ।

भोली गायक पुस्कल शर्मा, टिका शर्मा, टिका तारामि लगायत स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। हिजोदेखि सञ्चालन भएको महोत्सवमा विध्यार्थीहरुको लागी टिकट शुल्क रु. २० र अन्ने दर्शकहरुलाई रु ४० राखिएको छ । राजापुर व्यापारिक महोत्सवमा राष्टिय तथा स्थानिय कलाकारहरुले आ-आफ्ना प्रस्तुतिका साथ मनोरञ्जन प्रदान गरेका छन् । राजापुरमा भई रहेको महोत्सवमा राजापुर नगरपालिका, गेरुवा गाउँपालिका सहित कैलालीको टिकापुर तथा बर्दिया सदरमुकाम गुलरिया ताराताल, बाँकेको नेपालगंज कोहलपुरका दर्शकहरुको उपस्थिति रहेको आयोजक बर्दिया उद्योग वाणिज्य संघका सचिव कृष्ण कुमार रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्: