वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

नगरप्रमुखले गरे कर्णाली नदी नियन्त्रण आयोजनाको अनुगमन

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, भदौ ३, २०७६ ।    

राजापुर- राजापुर नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा कर्णाली नदी नियन्त्रण आयोजनाको कामको अनुगमन गरिएको छ ।


नगरप्रमुख शिवप्रसाद चौधरीको अध्यक्षतामा गरिएको सर्वपक्षिय अनुगमनका क्रममा कर्णाली नदीले कटान तीव्र गरेको मुर्गह्वा र टिहुनी आसपासका क्षेत्रमा कर्णाली नदीले वनाएको तटबन्धको बोरा र तारजाली वगाएकाले सो स्थानमा तत्काल विपत् जोखिम न्युनिकरणले अस्थायी तटबन्धको वनाई रहेको भए पनि नदीले कटान गरेको ठाउँबाट पानीको सतह बढ्ना साथ पानी वस्ती तर्फ पस्ने जोखिम भएकाले कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजनाका पदाधिकारीहरु आउना साथ दीर्घकालिन व्यवस्थापनका लागि पहल गर्नु पर्ने उनले बताए । स्थानिय स्तरको समस्या वताउदै वडा नं. १ का वडाध्यक्ष खुशीराम थारुले नदीका कारण स्थानीयमा चिन्ता रहेकाले सबैले व्यवस्थापन तर्फ चाँसो लिनु पर्ने र सम्बन्धित निकायमा तत्काल सहयोगका लागि पहल गर्नु पर्ने र जसको नेतृत्व गर्न वडा नं. १ तयार रहेको बताएका छन । इलाका प्रशासन कार्यालय राजापुरका प्रमुख सुनिलदत्तले वडा नं.१ म देखिएको समस्याका वारेमा तत्काल नै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने र विपत आइ लागेका उद्दारका लागि मातहतका निकायलाई तयारी हालतमा रहन अनुरोध गर्ने बताए ।
अनुगमन टोलीमा राजापुर नगरपालिकाका प्रमुख, वडा नं. १ का वडाध्यक्ष, इलाका प्रशासनका प्रमुख, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकार लगायत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...