वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

राजापुरमा शारीरिक अशक्तहरुलाई सहयोगी सामाग्री बाँडिने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, चैत्र १४, २०७४ ।    

मिन अधिकारी/राजापुर ।
राजापुर नगरपालिकामा शारीरिक असक्त भएका व्यक्तिहरुलाई विभिन्न सहयोगी सामाग्रीहरु वितरण गरिने भएको छ । आज राजापुर नगरपालिकाको सरस्वती सामुदायिक भवनमा आयोजित शारीरिक चेकजाँच कार्यक्रममा राजापुर नगर भित्रका १०८ जना शारीरिक असक्त भएका व्यक्तिहरुको शारीरिक चेकजाँच गरिएको थियो । राजापुर नगरपालिकाको आर्थिक सहयोग तथा रेडक्रस शोसाईटी उपशाखा राजापुरको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो।

चेकजाँचका क्रममा शारीरिक असक्त भएका व्यक्तिहरु २३ जनालाई स्टीक लठ्ठी, ३१ जनालाई ह्यिल चियर, २० जनालाई वाकर र फिजियोथेरापी वितरण गरिने बताईएको छ । बुधवार भएको स्वास्थ्य परिक्षण कार्यक्रममा काठमाडौंबाट ५ जना विभिन्न क्षेत्रका विज्ञ डाक्टरहरुले चेकजाँच गरेका थिए । राजापुर नगरपालिकाले यसप्रकारको कार्यक्रम आयोजना गरी दिएकोमा धन्यबाद दिदै आफुहरुले शारीरिक रुपमा अशक्त भएर व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी भएको नेपाल रेडक्रश सोशाईटी उपशाखा राजापुर सभापति माया भट्टराइले जानकारी दिएकी छन । वितरण गरिने सामाग्रीहरु चैत्र २९ गते वितरण गरिने सभापति भट्टराईले बर्दिया अनलाइनलाई जानकारी दिएकी हुन ।

प्रतिक्रिया दिनुहोस्: