वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

कृषि क्षेत्रका लागि छुट्याईएको रकम राजापुर क्षेत्रमा ल्याउन पहल गर्नु पर्छ : मन्त्री पौडेल

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५ ।    

मिन अधिकारी/राजापुर (बर्दिया) ।
प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन राजापुरको बजार प्रबर्धन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठि राजापुरमा सम्पन्न भएको छ । अन्तरक्रियात्मक गोष्ठिलाई सम्बोधन ग्रदै प्रमुख अतिथि प्रदेश नं. ५ का कृषि, भुमि तथा सहकारी व्यवस्थापन मन्त्री आरती पौडेलले राजापुर विकासमा पछि परेको र राजापुर क्षेत्रको सिँचाई आयोजना राजापुरमा नहुदा आफुलाई दुःख लागेको बताईन् ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कृषि उपज उत्पादनको केन्द्रमा सञ्चालित उत्पादन भएको चैते धान सुकाउन ३५ लाख बराबरको मेसिन खरिदका लागि वजेट विनियोजन गरेको बताईन् । एकीकृत जग्गा व्यवस्थापन गरी समुहमा खेतीगर्ने किसान समूहबाट दक्ष किसानको उत्पादन गरी कृषि क्षेत्रको विकास र व्यवस्थापन गर्न सहकारीलाई बलियो रुपमा लिन सकिने धारण ब्यक्त गर्दै भूमि व्यवस्थापनमा ३ तह कै सरकारको महत्वपूर्ण भूमिका हुने र यो क्षेत्रमा भूमिहिन सुकुम्वासी जनतालाई सामुदायिक आवासको अवधारणा ल्याईने बताईन् ।

धान सुपरजोन केन्द्रीय परियोजना ईकाइ कूषि विकास अधिकृत परशुराम रावतले राजापुर क्षेत्रको कूषि उत्पादन र धान खेतीको ठुलो सम्भाबना भएकाले केन्द्रीय सरकार बाट दुई करोड बराबरको कार्यक्रम राजापुरका लागी छुट्याएको भन्दै पछिलो समयमा  सिचाईको अभाब भएको ठाउँमा सोलार सिचाई गर्न सकिने बताउदै आफु बर्दिया बासी भएकाले सक्दो सहयोग गर्न तयार भएको बताए ।

कार्यक्रममा चैते धानको गुणस्तरयुक्त विउ व्यवस्थापन, धान प्रशोधन, प्रविधी तथा  खरिद बिक्री सम्बन्धी विषयलाई प्राथमिकता राखेर सहभागीसँग अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले चैते धान खेतीमा आत्मनिर्भर हुनका लागी विशेष गरी सिचाँईको व्यवस्था हुनुपर्ने, गुणस्तरयुक्त विउको उत्पादन, चैते धानको उचित मुल्य र बजारको व्यवस्थापन  गर्नुपर्नेमा  जोड दिएका थिए ।

राजापुर क्षेत्रका चैते धान खेती गर्ने कृषकहरुको आवश्यकतालाई मध्यनजर गर्दै  भौरा क्षेत्र कृषि क्षेत्रको र्उवाहारा भुमि भएकाले केन्द्र तथा प्रदेश सरकारले कृषि क्षेत्रका लागि छुट्याईएको रकम बढि भन्दा बढी राजापुर क्षेत्रमा ल्याउन पहल गर्नु पर्ने सहभागीहरुले माग गरेको छन् ।

प्रतिक्रिया दिनुहोस्: