वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

राजापुरको शंकरपुरमा आगलागी झण्डै २१ लाखको क्षति

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, साउन २०, २०७६ ।    

राजापुर- बर्दियाको राजापुर नगरपालिका वडा नं. ७ स्थित(तिलराने टोल) शंकरपुरमा आईतबार बिहान आगलागि हुँदा झण्डै २१ लाख ७९ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आईतबार बिहान करिब साढे ३ बजेतिर गोठमा अचानक आगलागि हुँदा सो क्षति भएको स्थानियले जनाएका छन । आगलागिबाट मानविय क्षति भने नभएको बताईएको छ ।
आगलागि हुनेहरुमा रानपा वडा नं. ७ का क्रमश रामचरण,हरिचरण,सुन्दर र सरन प्रसाद थारुको भान्साघर र गोठ जलेको हो । रामचरणको गोठबाट सल्किएको आगोले आसपासका ३ जनाको भान्साघर सहित गोठ जलेर नष्ट भएको पिडित सन्चरिया चौधरीले बताए । राति सुतिरहेका बेला अचानक कसरी आगो लाग्यो भन्ने कसैले पनि अनुमान गर्न नसकिएको बताईएको छ ।
आगलागिबाट भान्सा तथा गोठमा भएका भाँडा वर्तन,खाद्यान्न वस्तु,लुगालत्ता,गोठमा राखिएका २ वटा डन्लप,खेतमा प्रयोग गरिने रासायनिक मल,फर्निचर निर्माणका काठ÷पट्रा,हाईरो,हलो÷जुवा लगायत जलेर नष्ट भएका छन् । आगलागि पश्चात होहल्ला मच्चिएपछि स्थानीयबासीहरु आगो नियन्त्रण कार्यमा लागेको पिडित सरन प्रसाद थारुले जानकारी दिए । घटनापछि स्थानीयले सिमा प्रहरी चौकी गोडियानालाई खबर गरेपछि प्रहरीहरुको टोली पुगेको थियो । त्यस्तै आगो नियन्त्रण कार्यमा शसस्त्र प्रहरी बल राजापुरको टोली समेत घटनास्थलमा पुगेको थियो । आगलागिको कारण भने खुल्न नसकेको प्रहरी नायक निरिक्षक डिल्ली बहादुर स्वाँरले बताउनु भयो । स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि राजापुर नगरपालिकाबाट दमकल बोलाएका थिए । राति करिब साढे ३ बजे लागेको आगो बिहान ६ बजेसम्म निभाएर सकिएको स्थानीय प्रत्यक्षदर्शि बताउँछन् ।
घटनास्थलमा रानपा वडा नं.७ का अध्यक्ष मथुरा प्रसाद चौधरी,स्थानीय बड्घर ओमप्रकाश यादव,रानपा नगरस्तरिय सदस्य बिष्णुप्रसाद बम लगायतले पिडित परिवारलाई उचित राहत उपलब्ध गराउन पहल गर्ने बताएका छन । वडा नं.७ का अध्यक्ष चौधरीले आफ्नो वडाबाट आवश्यक राहत उपलब्ध गराउने भन्नुभयो । बर्दिया उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष कृष्ण रेग्मीले आफुपनि घटनास्थल निरीक्षणमा गएको बताए । पिडित परिवारहरुलाई आफ्नो संघबाट मिल्न सकिने सहयोग गर्ने अध्यक्ष रेग्मीले बताए । त्यस्तै विपत् व्यवस्थापन समिति राजापुरको छिट्टै बैठक बसालेर राजापुर नगरपालिका मार्फत विभिन्न सहयोगी निकायसंग सहयोगका लागि पहल गरिने समेत अध्यक्ष रेग्मीले जान्करी दिनुभ्योपिडित परिवारहरुले आईतबार राजापुर नगरपालिका पिडित परिवारहरुलाई ४ वटा त्रिपाल तत्काल राहत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...