वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

राजापुर उद्योग वाणिज्य संघको साधारण सभा सम्पन्न : पत्रकार ढुंगाना सम्मानित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, फाल्गुन ३०, २०७४ ।    

मिन अधिकारी/राजापुर ।
बर्दिया उद्योग वाणिज्य संघ राजापुरको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा प्रदेश संयोजक नरेन्द्र शर्माको प्रमुख आतिथ्यतामा नेपाल खाद्यान्न संस्थान आधुनिक चामल कारखानाको हलमा सम्मन्न भएको हो ।

निजि क्षेत्रको प्रतिनिधित्व गर्ने बर्दिया जिल्ला कै सवैभन्दा पुरानो बर्दिया उद्योग वाणिज्य संघले व्यापारीको हितका लागी महत्वपुर्ण भुमिका खेल्दै राजापुर क्षेत्रको विकास निमार्णमा अग्रसरता देखाउँदै आईरहेको संस्थाले आफ्नो प्रगती प्रतिवेदन प्रस्तुत गरेको थियो । उक्त साधारण सभामा यस क्षेत्रका सरोकारवाला निकाय, वुद्विजिवि , पत्रकार व्यापारी लगाएतको वाक्लो उपस्थिति रहेको थियो ।
स्थापनाकालदेखि संस्थालाई सञ्चार क्षेत्रबाट अतुलनिय सहयोग पुर्‍याएको भन्दै सगरमाथा टेलिभिजनका पत्रकार लक्ष्मण ढुंगानालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

समग्र राजापुरको विकासका लागि संस्थाको महत्वपुर्ण भुमिका रहने भएको भन्दै हाम्रो नभनेर राम्रो क्षमता भएकालाई नेतृत्व चयन गर्न भन्दै नगर प्रमुख शिब प्रशाद चौधरीले सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नरेन्द्र शर्माले व्यापारी क्षेत्रले नेपालको अर्थतन्त्रमा टेवा पुर्यायको उल्लेख गर्दै व्यापारीहरुको लागि सरकारले पनि निति बनाउनु पर्ने, आफु ५ नं प्रदेशको व्यारीहरुको हितक लागि महासंघमा प्रतिनिधित्व गरेकोले यस संस्थाको प्रगतिका लागी सम्पुर्ण सहयोग गर्ने बताउदै शुभकामना व्यक्त गरे ।
३० औँ वार्षिक साधारण सभाको समुद्घाटन पछि बसेको वन्दसत्रले संस्थाले गरेका गतिविधि, आर्थिक प्रतिवेदन, संस्थाका चुनौति संस्थाले खेल्नुपर्ने भुमिका वारे व्यापारीहरुलाई जानकारी गराउँदै नयाँ कार्य समितीका लागी फागुन ३० गते मनोनयन दर्ता, चैत्र २ मनोनयन फिर्ता र चैत्र ५ गते निर्वाचन गर्ने निर्णय सहित वन्द सत्रसमेत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्: