वि.सं.   मङ्लबार, साउन २९, २०७५   तदनुसार  14 August 2018

राजापुर उद्योग वाणिज्य संघमा बढ्यो चुनावी सरगर्मी

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, चैत्र १, २०७४ ।    

मिन अधिकारी/राजापुर ।
बर्दिया उद्योग वाणिज्य संघ राजापुरमा चुनावी सरगर्मी बढेको छ । ३०औ वाषिक साधारण सभापछि संघको नयाँ नेतृत्व छनौटका लागि राजापुर क्षेत्रका व्यापारीहरु आ-आफ्नो प्यानल बनाई चुनावी प्रचारप्रसारमा लागी परेका हुन ।
बर्दिया उद्योग वाणिज्य संघको नेतृत्वका लागि लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन बनाई व्यापारीहरु प्रचारप्रसारमा लागेका छन् । अध्यक्ष पदका लागि लोकतान्त्रिक गठवन्धनको पक्षबाट कृष्ण कुमार रेग्मी र वाम गठबन्धनका तर्फबाट विदुर पोख्रेलको उम्मेद्बारी परेको छ । लोकतान्त्रिक गठवन्धनका तर्फबाट उपाध्यक्ष उद्योग तर्फ तर्क शाह, उपाध्यक्ष वाणिज्य तर्फ चन्द्रश्वर सुवेदी सचिव केदार थापा, कोषाध्यक्ष गंगाराम चौधरी, सदस्यहरु सन्तोस कुमार तिमिल्सेना, लक्ष्मी प्रसाद पौडेल, लोकराज ढुङ्गाना, गोकर्ण प्रसाद सापकोटा, सुनिल दहित, सारदा खत्री रहेका छन । यस्तै वाम गठवन्धनका तर्फबाट उपाध्यक्ष उद्योग तर्फ भरत धामी, उपाध्यक्ष वाणिज्य तर्फ अनिरुद्र आर्य अनुज सचिव वद्री खनाल, कोषध्यक्ष सागर सेन, सदस्यहरु छत्र ढुङ्गाना, विमला जिसी, श्याम सापकोटा, शंकर थारु, हिमाल गौतम, शमशेर थारु चुनावी मैदानमा आ-आफना एजेन्डा सहित उत्रिएका छन ।

प्रतिक्रिया दिनुहोस्: