वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

सुन्दर नगरी बनाउने उद्देश्यसहित राजापुर बजार अनुगमन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन २४, २०७४ ।    

मिन अधिकारी/राजापुर ।
बर्दियाको राजापुर नगरपालिकाको गुरु योजना अन्तर्गत नगरपालिकालाई सफा स्वच्छ सुन्दर नगरी बनाउनका लागि राजापुर न.पा. को मुख्य बजारलाई सरसफाईयुक्त राख्ने अभियान स्वरुप बिहीवार बजार अनुगमन गरिएको छ ।


सर्वदलिय, सर्वपक्षिय अनुगमनका क्रममा राजापुर नगरपालिकाका मेयर शिव प्रसाद थारु र वडाध्यक्ष रमन कुमार रेग्मी समेतको सहभागिता रहेको थियो । नगर प्रमुखको संयोजकत्वमा वडा नं.४ राजापुर बजार अनुगमनका क्रममा सार्वजानिक वाटो नालाको क्षेत्र अतिक्रमण गरि अव्यवस्थित ढङ्गले सरसामान राखिएको घर टहरा, वधशाला वनाईएको भेटिए पछि अनुगमनका क्रममा सडक नाला च्यापेका घर धनीले चैत्र १ गते भित्र आफ्नो घर पसल वा टहरा हटाउन सुझाव दिएको अन्यथा नगरपालिकाले डोजरको प्रयोग गरेर हटाउने प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगीले बताए ।

अनुगमनका क्रममा राजापुरका स्थानिय व्यापारी तथा घर धनिलाई फोहर सार्वजानिक वाटो वा नालामा नफ्याकेर नगरपालिकाको ट्याक्टर वा गाडामा राख्न सुझाव दिईएको छ । अस्थायी रुपमा व्यापार गरिरहेका राजापुरका ठेला व्यापारीलाई व्यवस्थित गर्ने र राजापुर वजारलाई सुन्दर वनाउन कुनैपनि कसर बाँकी नराख्ने वडाध्यक्ष रेग्मीले बताएका छन । राजापुर नगरपालिका सुन्दर बनाउन सवैको सहयोग अनिवार्य पर्ने भएकाले परिवर्तनको सुरुवात आफैबाट गर्नु पर्ने मेयर थारुको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्: