वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

बर्दियाको राजापुर अब ‘धान सुपरजोन’

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, असार २, २०७५ ।    

प्रेम बुढा / मधुवन ।
राजापुरमा रहेको धान जोनलाई सुपरजोनमा परिणत गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत २०७३ चैतमा संचालनमा आएको धान जोनलाई सुपरजोनका रुपमा संचालनमा ल्याइएको हो ।
विहिवार एक समारोहकाविच सुपरजोनको उद्घाटन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सरकारले कृषि योग्य जमिनलाई टुक्राउन नदिने गरी भूमि नीति र भू—उपयोग नीति बनाउने कामलाई अन्तिम चरणमा पुर्‍याएको जानकारी दिए ।
भूमि सम्बन्धी पुरानो ऐनलाई परिमार्जन गरि जमिनलाई ४ भागमा विभाजन गर्ने तयारी गरेको बताउदै उत्पादन हुने जमिनलाई कृषि भूमी, उब्जनी हुन नसक्ने जमिनलाई उद्योगी जमिन, बजार हाउजिङ बनाउने गरि शहरी जमिन र बाँकी जमिन जंगलमा बसेका तथा सुकुम्बासीलाई अन्तिम पटक वितरण गरिने बताए ।

‘अहिलेको स्थितिलाई हामीले उल्टाउन नसक्ने हो भने कृषि प्रदान देश भनिरहन नेताहरुलाई पनी कुनै अधिकार छैन’ उनले भने ‘मुलुक आत्मनिर्भर भएको तथ्यांक टेवुलमा राखेर देखाउन कर्मचारीलाई कुनै छुट छैन ।’
बर्दियाको उर्वरभूमी भनेर चिनिएको राजापुर क्षेत्र धान जोनबाट सुपरजोनमा परिणत भएपछि चैते धान खेती गरिरहेका कृषक समुह, सहकारी र निजी उद्यमीलाई ३२ वटा पावर ट्रेलर र १५ वटा धान काट्ने मेसिन हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्राप्त ५० प्रतिशत अनुदानबाट किसानहरुलाई आधुनिक कृषि सामाग्रीहरु प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: