वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

राजापुरमा उद्घोषण तालिम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, चैत्र १४, २०७४ ।    

मिन अधिकारी/राजापुर।
नगर स्तरीय महिलाहरुका लागि सञ्चालित ५ दिने आधारभूत उद्घोषण तालिम समापन बुधवार राजापुरमा भएको छ । राजापुर नगरपालिकाको आर्थिक सहयोग र रेडियो साथी एफ एमको आयोजनामा सञ्चालन गरिएको तालिममा १० वटै वडाका २० जना महिलाहरुलाई तालिम दिईएको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गरी समापन गरिएको छ ।
तालिम समापन कक्षालाई सम्वोधन गर्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला चौधरीले विभिन्न ठाउ, सार्वजानिक सरोकारका विषयहरुमा आवाज उठाउन सक्ने, विकासे योजनामा स्थानिय आवश्यकताका वारेमा वोल्न सक्ने र आत्म विश्वासी वनाउने उद्देश्यले तालिमको आयोजना गरिएको भन्दै ५ दिन सम्म ध्यान पूर्वक सहभागिले सिकेका ज्ञान सीपले नगरपालिकाका हरेक कार्यक्रममा सहभागि भएर रचनात्मक सहयोगको अपेक्षा राखेको विचार व्यक्त गरिन । समापन कार्यक्रमका सभापति उपप्रमुख चौधरीले आगामी वर्ष पनि नगरपालिकामा उद्घोषण तालिमलाई सञ्चालन गर्न पर्याप्त वजेटको विनियोजन गर्ने भनाइ समेत राखिन ।
समापन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रेडियो साथी एफ एमका संयोजक टीकाराम रेग्मी, वडा नं. ३ का वडा सदस्य लौटन थारु, टेक्निकल कलेजका सस्थापक ईश्वरी प्र पौडेल, टेक्निकल कलेजका व्यवस्थापक राज कुमार थारु, पत्रकार मीन प्रसाद अधिकारी लगायतको उपस्थिती थियो । आफुहरुले तालिमबाट महत्वपूर्ण ज्ञानहरु सिकेको र समाजमा आफ्ना तालिमे ज्ञानको प्रयोग व्यबहारमा गर्ने प्रशिक्षार्थीहरु व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: