वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

विकास निर्माणको कार्य गुणस्तरहिन हुन्छ की : राजापुरबासी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, असार २४, २०७५ ।    

मिन अधिकारी/राजापुर (बर्दिया) ।
राजापुरक्षेत्रमा विकास निर्माणका कार्यले तिव्रता पाए पछि स्थानियहरुमा खुशी छाएको छ । नगरवासीले हरेक वर्ष हिड्दै आएको हिलाम्य र धुलाम्य हुने सडकको स्तरोन्नति भएर ग्रावेल तथा कालोपत्रे हुन थाले पछि स्थानिय खुशी भएका हुन् ।

नगरपालिकाले सडकको मापडण्ड तोक्ने र साँघुरा सडकलाई चौडा गरे पछि आफुहरु खुशी भएको राजापुर नगरपालिका ४ घुम्नाका स्थानिय प्रकाश थारुले बताए । सडक तथा नाला बनाउँदा केही नोक्सानी भएको भए पनि सडक तथा नालाको निर्माण पश्चात् स्थानिय उपभोक्तालाई फाईदा पुग्ने विश्वास नगरपालिकाले गरेको नगरपालिका स्रोतले जनाएको छ ।

राजापुर नगरपालिकाले विकासको गति वढाए पनि भई रहेको कामको अनुगमन भने प्रभावकारी रुपमा नगरेको राजापुर नगरपालिका–३, मुरैयाका पूर्व वडघर तथा कुलापानी चौधरी छुनुकलाल थारुले गुनासो गरे । गाउँका उपभोक्ताहरुले समूह बनाएर निर्माण सम्पन्न गरेको संरचनामा ध्यान दिए जस्तै नगरपालिकाको ठेक्कावाट निर्माण हुने सडक संरचनाको अनुगमन र मूल्याङ्कन हुनु पर्ने स्थानियहरुको माग रहेको छ ।

विकास निर्माणको कार्यले तिव्रता पाई रहँदा स्थानिय उपभोक्ता जती खुशी छन् अनुगमनको अभावमा निर्माण गुणस्तरहिन हुने हो की भन्नेमा त्यत्तीकै चिन्तित समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्: