वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

आगलागीबाट विस्थापित डबल टाईगर खाजाघरलाई राहत सामाग्री हस्तान्तरण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज १५, २०७५ ।    

बिमला ढकाल/भुरिगाउँ (बर्दिया) ।
होटल अर्गनाईजेसन उप–समिति ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँले डबल टाईगर खाजाघरलाई राहत हस्तान्तरण गरेको छ । गएको भाद्र २२ गते आगलागी हुदा डबल टाईगर खाजाघर बिस्थापीत हुने अबस्थामा पुगेको थियो ।

बिस्थापीत अबस्थामा पुगेको खाजा घरलाई पुनः सोहि ठाउमा सञ्चालनका लागी होटल अर्गनाईजेसन उप–समितिले आईतबार राहत सामाग्री स्वरुप एउटा फ्रीज हस्तान्तरण गरेको हो । स्थानिय स्तरका उद्योगी व्यापारी लगाएतको सहयोगमा खरिद गरिएको उक्त फ्रीज ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्यामलाल थारुले एक कार्यक्रमका बिच खाजाघरका सचालकलाई हस्तान्तरण गरेका हुन् ।

राहत हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख प्रदिप कुमार डिसी, २ प्रहरी जवान वडा नम्बर १ का वडा अध्यक्ष श्यामलाल थारु लगायत डबल टाईगर खाजाघरलाई सहयोग गर्ने सम्पुर्णलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: