वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

बाढीले बगाएको पुल पुर्ननिर्माण नहुँदा स्थानिय मर्कामा

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ १७, २०७५ ।    

सौगात श्रेष्ठ/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकालाई जोड्ने खोनपुर घाटमा निर्मित झोलुंगे  पुल बाढीले बगाएको वर्ष दिन पुग्न लाग्दा समेत मर्मत हुन नसक्दा स्थानियहरु पिडित बन्दै गएका छन् ।

खोनपुर घाटमा बनेको झोलुंगे पुल २०७४ श्रावण २९ गते बबई नदीमा आएको बाढीले पूर्ण रुपमा बगाएको थियो । ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकालाई जोड्ने उक्त पुल बगाएको एक बर्ष पुग्नै लाग्दा समेत सम्बिन्धित निकायले पुननिर्माणमा चासो नदेखाउदा स्थानीयहरु महेन्द्र राजमार्गको करिब १७ किलोमिटर लामो बाटो प्रयोग गर्न बाध्य रहेका छन् ।

बाढीले बगाएको पुल वर्षदिन हुन लाग्दा समेत पुर्ननिर्माण हुन नसक्दा स्थानीयलाई दैनिक उपभोगका वस्तु किनमेल गर्नसमेत समस्या भएको छ। बबई नदीको पानीको गतिलाई अनुमान नगरी झोलुंगे पुल बनाएकाले पुल बाढीले बगाएको स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: