वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

नेपालगन्जमा आज सार्वजनिक बिदा

        एजेन्सी   |   प्रकाशित मिति: शुक्रबार, पुस २७, २०७५ ।    

नेपालगन्ज, बाँके।
नेपालगन्ज उपमहानगरपालिका नगर कार्यपालिकाले पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर आज शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले बहुमतका आधारमा उक्त निर्णय गरेको बताइएको छ । बैठकमा नेकपा सम्बद्धहरुले भने सार्वजनिक बिदाको पक्ष मत दिएनन् ।
नगर प्रमुख डा. धवल समशेर राणाले दिएको जानकारी अनुसार, नगर कार्यपालिका भित्र रहेका सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरु बिदा गरिनेछन् ।
‘राप्रपा, काँग्रेस र फोरम एक मत भएपछि बहुमतमा सार्वजनिक बिदा गर्ने निर्णय भयो’, वडा नं. १८ का वडाध्यक्ष दिपक बर्माले भने, ‘हामी नेकपा सम्बद्ध वडाध्यक्षहरुले नोट अफ डिसेन्ट लेखेका छौं ।’ उनका अनुसार, नोट अफ डिसेन्ट लेख्ने वडाध्यक्षहरुले आफु मातहतका कार्यालय सञ्चालन गर्नेछन् ।
नेपालगन्ज उपमहानगरपालिकाले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म जयन्ती मनाउन स्थानीय बिदा गरेको घोषणालाई लिएर देशभरीका अधिकांस ठाउँबाट सकारात्मक प्रतिक्रिया सार्वजनिक गरिएका छन् । विभिन्न नेतृत्वदायी व्यक्तिहरुले नेपाल सरकारले राजनीति भन्दा माथि उठेर राष्ट्र निर्मातालाई सम्मान दिनुपर्ने भन्दै नेपालगन्जले गरेको निर्णयको स्वागत गरेका छन् । नेपालगन्जन्युजको सहयोगमा।

प्रतिक्रिया दिनुहोस्:


Loading...