वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

राजापुर नगरपालिकाको एकिकृत विकास योजनाबारे प्रारुप रिपोर्ट सार्वजनिक

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: शनिबार, जेष्ठ ३२, २०७६ ।    

राजापुर,बर्दिया।
राजापुर नगरपालीकाको एकिकृत बिकास योजनाबारे प्रारुप रिपोट सार्वजनिक गरिएको छ । राजापुर नगरपालिकाको आयोजनामा एक कार्यक्रम बिच प्रारुप रिर्पोट सार्वजनिक गरिएको हो । परामर्स दाता सँस्था कार्ड कन्सल्ट प्रा.लि, डेभलपमेन्ट भिजन प्रा.ली र आर्कीटाइप प्रा.लीले संयुक्त रुपमा प्रस्तुत गरेको प्रतिवेदन मस्यौदामा शहरको विश्लेषण, जनघनत्व, बसाईसराई भुउपयोग उद्योग आयात निर्यात पर्यटन व्यवशाय, बस्ति बिकासको संरचना,सुगमता, सवल, दुर्वल पक्ष, वारे जानकारी गराइएको थियो । प्रतिवेदनमा कृषी क्षेत्र आवाशिय क्षेत्र व्यावशायक क्षेत्र, औधोगिक क्षेत्र, साँस्कृतिक क्षेत्र लगायत बिभिन्न भु उपयोग क्षेत्रको पहिचान वारे समेत जानकारी गराइएको थियो । नयाँ शहरको बिकासकालागी अग्रणि तथा दिर्घकालिन सोचबारे समेत जानकारी गराइएको थियो । राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप प्रमुख, १० ओटै वडाका अध्यक्षहरु राजनीतीक दलका प्रमुख प्रतिनिधी नयाँ शहर आयोजना डिभिजनका प्रमुख प्रतिनीधि योजनाबिद, पत्रकार र सरोकारवाला सहभागी थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले राजापुर क्षेत्र पहिले टापु भएको पुल नभएकाले अहिले पुल बनिसकेपछी सहज भएकाले कृषी, उद्योग र पर्यटन क्षेत्रको बिकासकालागी दिर्घकालीन सोच बनाएर लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...