वि.सं.   सोमवार, चैत्र ११, २०७५   तदनुसार  25 March 2019

ठाकुरबाबा नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माविलाई

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस २, २०७५ ।    

सुदीप अधिकारी/बर्दिया
ठाकुरबाबा नगरपालिकामा संचालित प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी त्रिभुवन माध्यामिक विद्यालय भुरिगाउँले हात पारेको छ । खेलकुदको ९ वटा विधामा स्वर्ण पदक हात पार्दै त्रिभुवन माविले राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जितेको हो ।
रनिङ्ग शिल्ड खेलकुदमा त्रिभुवन माविले छात्रा तर्फ १५ सय मिटरको दौड, छात्रमा ४ सय मिटर दौड, २ सय मिटर छात्रा दौड, रिले दौड छात्र– छात्रा, छात्र तर्फ सटपट खेलमा स्वर्ण पदक हात पार्यो । यसैगरि खोखो खेलमा छात्रछात्रा दुबै टिमले स्वर्ण जितेका छन् । भलिवलमा छात्र तर्फको टिमले स्वर्ण पदक हात पारेको छ ।
रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा ४ स्वर्ण पदकसहित जगदम्बा मावि मढेला दोस्रो भएको छ भने २ स्वर्ण पदक जितेर जनज्योती मावि तेस्रो भएको खेलकुद सचिवालय संयोजक बालकृष्ण आचार्यले जानकारी दिए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ जिल्लाको ठाकुरबाबा नगरपालिकामा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता गत मंगलबारदेखि संचालन भएको थियो ।
रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा नगर क्षेत्र भित्र रहेका माध्यामिक तह र आधारभुत तहमा अध्धयनरत् विद्यार्थीहरुले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा माध्यामिक तहमा छात्रछात्रातर्फ १ सय, २ सय, ४ सय, १५ सय र ४ सय मिटर रिले दौड प्रतियोगिता राखिएको थियो । यसै गरि माध्यमिक तहमै छात्रछात्रा दुबै तर्फ लङजम्प, सटपट, भलिबल र खोखोका खेलहरु संचालन भएका थिए ।
रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा माध्यमिक तहका सामुदायिक ६ र संस्थागत ८ वटा गरि १४ वटा विद्यालय सहभागी भएका थिए । यसैगरि प्रतियोगितामा आधारभुत तहका सामुदायिक विद्यालय ८ र संस्थागत २ गरि १० वटा विद्यालय सहभागी भएको आयोजकले जनाएको छ । ठाकुरबाबा नगरपालिका र संस्थागत विद्यालय युनियनले संयुक्तरुपमा प्रतियोगिताको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...