वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

भुरिगाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोष्ठि सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, फाल्गुन १३, २०७४ ।    

भिमा कडेल/भुरिगाउँ।
जिल्ला कृषि विकास कार्यालय बर्दिया र ठाकुरबाबा नगरपालिका कृषी शाखाको आयोजनामा ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७४/७५ मा ठाकुरबाबा नगरपालिकामा कृषि क्षेत्रमा लागेका कृषकहरुलाई ब्यवसायिकरण तर्फ उन्मुख गराई युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु तथा कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गरि समग्र कृषि क्षेत्रको बिकास मार्फत आर्थिक समृद्धि ल्याउने बिषयमा छलफल गरिएको छ ।

ठाकुरबाबा क्षेत्रको वास्तविकतालाई पहिचान गरी सम्भावनाका आधार बस्तु तथा बाली विविधिकरण मार्फत कृषि उत्पादन एवम् उत्पादकत्वमा बृद्धि गराउने र कृषि क्षेत्रलाई समय सापेक्ष ब्यवसायिकरण, आधुनिकिकरण तथा औधोगिकरणमा लैजान प्रेरित गर्ने मुख्य उद्धेश्य रहेको छ ।  साथै ठाकुरबाबा नगरपालिकाले आर्थिक बर्ष २०७४/७५ मा नेपालको संविधान २०७२ को मुल मर्मलाई आत्मसाथ गरी संबिधानको कार्यान्वयनसगै राज्यको पुनसंरचना बमोजिम कृषि क्षेत्रको सबलीकरण मार्फत ठाकुरबाबा बासी सबै जनाको आर्थिक अबस्थामा टेवा पुर्याउने लक्ष्य लिएको कार्यक्रममा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: