वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

कक्षा ८ को नगरस्तरिय परीक्षाको प्रश्नपत्र चोरी, परीक्षा स्थगित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन २८, २०७५ ।    

भावुक योगी/ठाकुरबाबा (बर्दिया) ।

बर्दियाको ठाकुरबाबा नगरपालिकामा आईतवार देखि सुरु भएको कक्षा ८ को नगरस्तरिय परिक्षाको प्रश्नपत्र विद्यालयबाट चोरी भएको छ । ठाकुरबाबा नगरपालिका–६, बकुवामा रहेको जनज्योती माध्यमिक विद्यालयको कार्यालय तोडफोड गरि सोमबार राति प्रश्नपत्र चोरी भएको हो ।

नचिनेका व्यक्तिले राति विद्यालयको कार्यालयमा रहेको ढोकाको ताला फोडेर कक्षा ८ का अधिकांश विषयका प्रश्नपत्र चोरी गरेको नगर शिक्षा शाखा प्रमुख सीता भण्डारीले बताईन् । प्रश्नपत्र संगै विद्यालयमा रहेको एउटा ल्यापटप समेत चोरी भएको विद्यालयले जनाएको छ । विद्यालयको ताला फोडेर प्रश्नपत्र चोरी भएको खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली विद्यालय पुगेर अनुसन्धान सुरु गरेको छ ।

प्रश्नपत्र चोरी भएपछि मंगलबार र बुधबार दुर्इ दिनका लागि परीक्षा स्थगित गरिएको र परीक्षा हुन बाँकी रहेका सबै विषयका प्रश्नपत्र पुनः नयाँ बनाएर बिहिवार देखि नियमित सुचारु गरिने नगर शिक्षा शाखाले जनाएके छ । प्रश्नपत्र चोरी भएपछि मंगलवारको विज्ञान विषय र बुधवारको सामाजिक विषयको परीक्षा अन्तिम दिन पछि चैत्र ५ गते पछि हुने नगर शिक्षा शाखाले जनाएको छ ।

यसअघि जिल्ला स्तरिय परीक्षा हुँदै आइरहेको कक्षा ८ को परीक्षा स्थानिय सरकार भएपछि गत वर्ष देखि ठाकुरबाबा नगरपालिकाले नगरस्तरिय परीक्षा लिन सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...