वि.सं.   बिहिबार, मंसिर २७, २०७५   तदनुसार  13 December 2018

घरको पर्खाल भत्किएर च्यापिँदा २ जनाको मृत्यु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, जेष्ठ २६, २०७५ ।    

बढैयाताल (बर्दिया) ।
बढैयाताल गाउँपालिका–५, मा कच्ची घरको पर्खाल भत्किएर च्यापिँदा २ जनाको ज्यान गएको छ । स्थानीय ललित पुनको घरको पर्खाल भत्किँदा १२ वर्षीय दिपेन्द्र पुनको घटना स्थलमा र ३१ वर्षीया सुनिता पुनको उपचारका लागि लैजाने क्रममा बाटोमा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डीएसपी युवराज खड्काका अनुसार घरको भित्ता भत्किएर च्याँपिएको बच्चालाई तान्न जाँदा पुन पर्खाल भत्किँदा सुनिता घाइते भएकि थिईन् । शुक्रबार बिहान परेको वर्षाका कारण घरको पर्खाल कमजोर भई भत्किएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: