वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

बर्दियामा सरसफाई गरेर मनाइयो प्रजातन्त्र दिवस

        प्रेम बुढा   |   प्रकाशित मिति: सोमवार, फाल्गुन ७, २०७४ ।    

बर्दिया ।
बर्दियाका विभिन्न स्थानमा आज नगर सरसफाई गरेर ६८औं प्रजातन्त्र दिवस मनाईएको छ । जिल्लाका ठाकुरबाबा, मधुवन, गुलरीया, बाँसगढी लगायतका नगरपालिकाका जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्य स्वंयमसेविका, उद्योग वाणिज्य संघका पदाधिकारी स्थानिय व्यापारीहरुले सोमबार विभिन्न बजार,चोक चौतारोका फोहोर सफा गरेका हुन ।


आजको सरसफाई कार्यक्रमसंगै मधुवन नगरपालिकालाई स्वच्छ र सफा नगर बनाउने अभियान समेत सुरु भएको छ । बजार क्षेत्रमा यत्रतत्र छरिएका फोहोरले शहर कुरुप बन्न थाले पछि स्थानियलाई सरसफाई प्रति लाग्न प्रेरित गर्ने उद्धेश्यले सरसफाई गरिएको मधुवन नगरपालिकाका मेयर कृष्ण के.सी.ले बताए । उनले भने‘आज एक दिन हामीले सफा गरेर मात्र बजार सफा हुदैन तर यो स्थानियलाई चेतना दिनको लागि हो, हामीले गरेको फोहोर हामी आफैले सफा गर्नु पर्छ भन्ने उद्धेश्यले गरिएको हो ।’
पछिल्लो समय बजारबाट निस्किएका कुहिने तथा नकुहिने फोहरको व्यवस्थापन हुन नसक्दा सदरमुकाम गुलरिया बजार, मधुवन, बाँसगढी तथा राजापुर क्षेत्रका बजार दुर्गन्धित बन्न थालेका छन । फोहर व्यवस्थापनमा सुरक्षित ल्याण्ड फिल्ड साइटको खोजी र व्यवस्थापन नहुदा फोहर र प्लाष्टिक जतकतै फाल्ने गरिएको छ । स्थानिय तहको चुनावको बेला उचित ल्याण्ड फिल्ड साइड बनाउने भन्दै विभिन्न घोषणा गरिए पनि त्यस तर्फ भने जिल्ला स्थानिय तहरुले खासै पहल गर्न सकेका छैनन ।

प्रतिक्रिया दिनुहोस्: