वि.सं.   बिहिबार, बैशाख १३, २०७५   तदनुसार  26 April 2018

प्रगती साकोसद्वारा जेष्ठ शेयर सदस्य सम्मानीत

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन १, २०७४ ।    

बगनाहा, बर्दिया ।
ठाकुरबाबा नगरपालिका–३, बगनाहामा रहेको प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शिवरात्रीको अवसरमा जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।


संस्थामा आवद्ध ७५ वर्ष उमेर माथीका १२ जना जेष्ठ शेयर सदस्यहरुलाई एक कार्यक्रमका बिच रामनामी तथा सम्मानपत्रले सम्मान गरिएको हो । संस्थाको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्र्तगत शिवरात्रीको अवसरमा पहिलो पटक जेष्ठ नागरिकहरुको सम्मान कार्यक्रम आयोजना गरिएको र यस कार्यक्रमले निरन्तरता पाउने संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कृष्णप्रसाद पौड्यालले सहकारीले आयोजना गरेको सम्मान कार्यक्रम आफैमा एउटा उत्कृष्ठ कार्य भएको बताए । जेष्ठ नागरिकहरु जिउँदो इतिहास भएको भन्दै बृद्धबृद्धाहरुलाई मायाँ र सम्मान गर्नुपर्ने तथा जेष्ठ नागरिकहरुको अनुभवहरुबाट नयाँ कार्यहरुको थालनी गर्न सकिने पौडेलले बताए ।

संस्था संचालक समिती सदस्यहरु, राष्ट्रिय डेउडा कलाकार, समाजसेवी, स्थानिय ब्यापारी तथा पत्रकारहरुको आतिथ्यता रहेको कार्यक्रम चुरे क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद पौड्यालको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष विजय शाहको सभापतित्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्: