वि.सं.   शुक्रबार, भदौ ६, २०७६   तदनुसार  23 August 2019

नेपालगन्जमा फाल्गुन १६ गतेदेखि २६ गतेसम्म ‘प्रादेशिक महोत्सव २०७५’ हुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, माघ १३, २०७५ ।    

नेपालगन्ज, बाँके।
नेपालगन्जमा फाल्गुन १६ गतेदेखि २६ गतेसम्म प्रादेशिक महोत्सव २०७५ हुने भएको छ । उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको प्रादेशिक महोत्सव २०७५ लाई भब्य रुपमा सफल बनाउन आईतबार एक कार्यक्रमका बिच सचिवालयको उद्घाटन गरिएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यले संघकै भवनमा महोत्सवको सचिवालय उद्घाटन
गरेका हुन ।
सचिवालय उद्घाटन गर्दै बैश्यले स्थानीय उत्पादनको व्यापार बृद्धि तथा बहुउदेश्यीय सभाहल निर्माणका लागि हुन लागेको महोत्सव सफल बनाउनका लागि सक्रियतापुर्वक सहयोग गरिदिनुहुन कार्यसमितिका पदाधिकारी, उद्योगी, व्यवसायी, प्रहरी, प्रशासन, पत्रकार एवं नागरिक समाजलाई आग्रह गरे ।
उक्त अवसरमा संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, द्धितीय उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, एशोसियट सदस्य कन्हैयालाल बैद्य लगायतका कार्यसमिति सदस्यहरुको सहभागिता थियो । सचिवालय उद्घाटन कार्यक्रमको सन्चालन ध्रुव प्रसाद दाहालले गरेका थिए ।
महोत्सवलाई सफल बनाउन प्रचारात्मक अभियानलाई तिब्र बनाईएको प्रचार प्रसार समितिका संयोजक टंक बहादुर धामीले जानकारी दिनुभयो । धामीका अनुसार प्रचारका लागि महोत्सवका बारे जानकारी दिने जिङ्गल तयार गरिएको छ । पर्चा, पम्पलेट जस्ता प्रचार, प्रसारका सामाग्री तयार भइरहेको धामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...