वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

प्रदेश स्तरीय युवा सम्मेलन शुरु

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, असार १३, २०७६ ।    

पोखरा- नेपाल युवा परिषद कास्की जिल्लाको आयोजनामा दुई दिने प्रदेश स्तरीय युवा सम्मेलन शुरु भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको उदघाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतित्थतामा भएको थियो भने जिल्लाका अध्यक्ष मोनिका रानाभाटको अध्यक्ष्तामा सम्पन्न भएको थियो ।
सो कार्यक्रमको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा परिवर्तनका सम्वाहक भएकोले युवाहरुमा लगानी गर्नु पर्ने आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल युवा परिषदका कास्कीका सदस्य संकेत तिम्सिनाले स्वागत मन्तव्य,नेपाल युवा परिषद केन्द्रका अध्यक्ष सरोज बानियाले परिषदको परिचय र कास्की परिषदका सचिव अनुपमा पुरीले संचालन गरेका थिए ।
उदघाटन कार्यक्रममा प्रदेश संसद राजीव पहारी, राष्ट्रिय युवा परिषदका प्रतिनिधी आर्शिवाद सुवेदीले दुई दिने सम्मेलनको शुभकामना दिएका थिए ।पहिलो दिनको कार्यक्रममा नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाँले नेपाल युवा परिषदको यात्राको बारे जानकारी गराएका थिए । गण्डकी प्रदेशका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गिरीधारी सुवेदीले गण्डकी प्रदेशको निति तथा योजनाको प्रस्तुतिकरण गरेका थिए।
यसैगरी कोकाकोलाका प्रतिनिधि विक्रम केसीले कोकाकोलाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरुको प्रस्तुतिकरण गरेका थिए भने युवा उधमशीलता शिर्षकमा प्यानल संवाद गरेको थियो। सो प्यानल संवादमा पोखरा उधोग वाणिज्य महासंघका महासचिव अर्जुन पोखरेल, हिमालय अर्गनाइजेसनका प्रतिनिधि एवम महिला उधमी मिलन थापा र नेपाल युवा उधमी कास्कीका अध्यक्ष वैभव पौडेलको सहभागीता रहेको थियो भने सहजीकरण संचारकर्मी एवम महिला अधिकारकर्मी सरिता तिमल्सिना पङ्गेनीले गरेका थिए । यसै गरी द पावर अफ आईडिया नामक सेसनको सहजीकरण सुजन रेग्मीले गर्नु भएको थियो भने विकासमा मानव सेक्युरिटी विषयको सहजीकरण कास्की जिल्लाका एस.पी धन बहादुर कार्कीले गरेका थिए । पहिले दिनको सम्पूर्ण विषयगत कार्यक्रम पछि विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...