वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

भौराका किसानलाई प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा ३५ पावर टेलर वितरण

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, साउन २८, २०७६ ।    

राजापुर- बर्दियाको भौरा क्षेत्रका किसानलाई प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा ३५ वटा पावर टेलर वितरण गरिएको छ । स्थानीय, प्रदेश तथा केन्द्रीय सरकारले कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै क्रान्ति गरि उत्पादन वृद्धि गर्न यान्त्रिकिकरणमा लैजाने अवधारण अनुसार स्थानीय किसानहरुलाई अनुदानमा पावर टेलर वितरण गरिएको हो । पावर टेलर वितरण गर्दै बर्दिया जिल्ला क्षेत्र नं. २ ख का प्रदेश सांसद माननीय दिपेश थारुले किसानले सानो क्षेत्रमा गरेको कृषि कार्य र खेती प्रणालीले व्यवसायिक कृषक वन्न नसक्ने र कृषिमा परिर्वतन गरी आधुनिकीकरण एवम् सामूहिक खेती गर्न सके उत्पादन बढ्ने भन्दै किसानलाई आवश्यक पर्ने अन्य कृषि उपकरणमा पनि अनुदानमा दिन पहल गर्ने बताए । जुम्लाको जडिबुटी बर्दियामा र बर्दियाको भौरा व्रान्डको अनाज जुम्ला पु¥याउन आफ्नै कार्यकालमा पहल गर्ने, कर्णाली सत्ती पुलको बर्दिया तर्फ एक स्पान पुल थप्न ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको, राजापुर क्षेत्रको रिङ रोड, सामुहिक चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणका लागि पनि प्रदेश सरकारले वजेट विनियोजन गरेकाले यस क्षेत्रका किसान सहकार्य गर्न चाहेमा आफुले सक्दो पहल गर्ने बताए ।

वजारमा करिव २ लाख १० हजार पर्ने पावर टिलर किसानलाई १ लाख ५ हजारमा वितरण गरिएको थियो । पावर टिलर पाए पछि खुशी हुदैं यस क्षेत्रमा विभिन्न वालीनालीको उत्पादन हुने सम्भावना रहेकाले विविधीकरण गरेर उत्पादन कार्यमा लाग्ने बताएका छन् ।
कार्यक्रममा सफलताको शुभकामना दिदै नागरिक समाजका अगुवा पुनाराम थारुले सांसदले कृषि क्षेत्रमा विशेष ध्यान दिएकोमा बधाई दिदै स्थानीय तहबाट विकासको लहर सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...